कोरोनाको कहर संगै महान चाडपर्वहरु यसरी मनाऔँ

कोरोनाको कहर संगै महान चाडपर्वहरु यसरी मनाऔँ

  • सोमवार, कार्तिक २४, २०७७
  • -श्याम नारायण गुप्ता

  • 19.1K
    SHARES

बडा दशैं / दशहरा/विजया दशमी/नवरात्र जस्ता विभिन्न नाम बाट प्रचलित हिन्दुहरूको महान पर्व को रूपमा रहेको दशैं पर्व नेपालीहरूको प्रमुख चाड मानिन्छ । त्यस्तै तिहार वा दीपावली र छठ पनि भव्यताका साथ मनाईने पर्वहरु हुन् । हामी अहिले यही पर्वहरु मनाईरहेका छौं । दशै पर्वलाई राष्ट्रिय चाड समेत मनिने दशैं (नवरात्र) हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म (नवरात्रभर) शक्तिको आराधना गरी दशौं दिन विहान दशमीका दिन टीका(प्रसाद ग्रहण र विशेष रुपमा पुर्णिमा सम्म (प्रसाद ग्रहणका लागि) मनाउने गर्छन् । तिहार र छठ पनि हर्षोल्लासका साथ मनाईने पर्व नै हो ।
विश्व माहामारि कोरोना अर्थात कोभिड १९बाट विश्व नै अक्रान्त रहेको बेला अरू बर्ष जस्तो यसपालि को दशैं तिहार र छठ पर्व साथि भाई ईष्ट मित्र परिबारजन संगै बसेर खुसियालि सट्टा(साट गर्न अरु बर्ष जस्तै सहज नभएको हामिले सहजै अनुभुति गरेका छौ। यस्तो बिषम परिस्थितिमा हामि सबैले सचेत भई दशैं तथा अन्य चाड पर्व मनाउनुको बिकल्प छैन।
तसर्थ यसपालिको दशै को शुभकामना तथा आशिष अरदानप्रदान विभिन्न संचारका माध्यम बाट ९जस्तै फोन फेसबुक मैसेन्जर भिडियो कल ह्वाटस अप जुम एप ० गरौ ।
यदि एकै ठाउमा बसेर दशै तथा अन्य चाड पर्व मनाउनु परेमा समाजिक दुरि कायम तथा मास्क प्रयोग गरि मात्र शुभकामाना अरदानप्रदान गरौ यसका साथ साथै साबुन पानिले मिचिमिचि धोऔ।
खानपिन मा पनि विशेष ख्याल गरौ । सकिन्छ भन्ने शुद्ध शकाहारि खाना रोजौ ।मासाहारि खाना खानु परेमा शुद्ध स्वस्थ्य ,सफा तथा ताजा बोसो रहित माछा मासु लाई राम्ररि पकाएर मात्र खाऔ ।रोग प्रतिरोधात्मक खाना मा समेत विशेष ध्यान दिई उपभोग गरौ ।दूध,मनतातोपानी ,अदुवा ,गुरजो ,फलफुल प्रत्येक दिन सेवन गरौ । यसका साथसाथै बिहान कम्पतिमा ३० मिनेट पसिना आउने गरि शारिरि ब्याम गरौ वा करेसाबारि मा काम गरौ ।यसले गर्दा नसर्ने रोग तथा मुटुरोग बाट वचन सकिन्छ ।अहिले जाडो महिना हुदा रुघाखोकी को बिरामि बढने भएकोले समान्य रूघाखोकी र कोरोना अर्थात कोभिड १९ रोग बिच छुटयाउने गाह्रो हुदा हामी सबैले यसबाट बच्न जरुरि देख्दछु ।
कोभिड १९ को बिरामि को सङ्ख्या र कोभिड १९ बाट मृत्युको संख्या दिनप्रति दिन अत्याधिक बढ्दै गएको र यसले स्थानिय,प्रदेश तथा केन्द्र सरकारलाई कोभिड १९ को ब्यवस्थापनमा हम्यहम्य परेको यथार्तलाई नकार्न सकिँदैन ।तसर्थ ३ वटै सरकारलाई समपुर्ण जन्ताले कोभिड बिरुद्धको लडाईमा निष्टापुर्ण कर्तब्य निर्वाह गर्न मैका आएको छ ।यसो गर्दा जनसमुदाय कोभिड वाट सुरक्षित रहन सक्छ भन्ने ३ वटै सरकारलाई कोभिड बिरुद्धको लडाईमा आर्थिकभार कम हुनुको साथै ब्यवस्थापकिय भारमा पनि कमि आउछ ।
तसर्थ दशैं पर्वलाई दसा को रूपमा होईन अबसरको रुपमा दशैं मनाऔ । माता दुर्गाको आशिष ले समपुर्ण बिरामि निको हुने क्षमता प्रदान गरुन।।समपुर्ण मा २०७७को बिजया दशै, तिहार र छठको शुभकामना ।
श्याम नारायण गुप्ता, जनस्वास्थ्य निरिक्षक
पिप्रा स्वास्थ्य चौकी
महागढीमाई न पा बारा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी