दिल्ली क्यापिटल पहिलो पटक आईपिएलको फाईनलमा, उपाधीका लागि मुम्बईको सामना गर्ने

दिल्ली क्यापिटल पहिलो पटक आईपिएलको फाईनलमा, उपाधीका लागि मुम्बईको सामना गर्ने

  • सोमवार, कार्तिक २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 17K
    SHARES

कार्तिक २४ एजेन्सी । चर्चित क्रिकेट लिग आईपिएलको उपाधीका लागि दिल्ली क्यापिटल्स र मुम्बई भीड्ने भएका छन् । गएराति सम्पन्न दोस्रो क्वालिफायरमा दिल्लीले सनराईज हैदरावादलाई पराजीत गरेर उपाधी यात्राका लागि पहिलो पटक फाईनलमा प्रवेश गरेको हो ।
गर या मरको खेलमा दिल्लीले हैदरावादलाई १७ रनले पाखा लगायो । दिल्लीले दिएको १९० रनको चुनौती पछ्याएको हैदरावाद २० ओभरमा ८ विकेट गुमाएर एक सय ७२ रनमा समेटिए पछि दिल्ली फाईनल पुग्न सजिलो बनेको थियो ।
दिल्लीको जीतमा केगिसो रबाडा निर्णायक बने । उनले ४ ओभरमा २९ रन खर्चेर ४ महत्वपूर्ण विकेट लिएका थिए । उनले कप्तान डेभिड वार्नरलाई २ रनमै बोल्ड गरे पछि हैदरावादले शुरुवाती झड्का व्यहोरेको थियो ।

फाईनल खेल दिल्ली र मुम्बईबीच अवुधाबीमा हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ