कार्तिक २३ काठमाण्डौं । आज शेयर कारोबारमा ठूलो बृद्धि भएको छ । साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले बृद्धि समेत भएको छ । आज नेप्से १२.४९ अंक बढेर १६४८.५८ विन्दुमा पुगेको स्टक एक्सचेन्जले जनाएको छ । आज ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड ८ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन हिमालयन डिष्टिलरी, साल्ट ट्रेडिङ्ग, दिव्यश्वरी हाइड्रोपावर, मिथिला लघुवित्त, यूनिभर्सल पावर कम्पनी र सानिमा जनरल इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो ।
कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी अगाडि रहेको छ। आइतबार १२ उपसमूहमध्ये २ उपसमूहको परिसूचक मात्र ओरालो लागेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline