कोरोना मुक्त हुने दर बढ्यो : कुल संक्रमितको ८१ प्रतिशतभन्दा बढी निको

कोरोना मुक्त हुने दर बढ्यो : कुल संक्रमितको ८१ प्रतिशतभन्दा बढी निको

  • आइतवार, कार्तिक २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

कार्तिक २३ काठमाण्डौं । नेपालमा विस्तारै कोरोना संक्रमित निको हुने दर बढेको छ । आज सम्मको तथ्यांक अनुसार नेपालमा ८१.१ प्रतिशत संक्रमित कोरोनामुक्त भएका छन् ।
अहिले सम्म कुल १ लाख ५७ हजार ९२६ जना संक्रमित मुक्त भएर घर फर्किसकेका छन् । आज मात्रै पनि २८१२ जनाले कोरोना जीतेर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालका कोरोना संक्रमण मुक्त हुने दर दक्षिण एशियामै सबै भन्दा कम रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा २८ सय १७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ९४ हजार ४६३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । आज १२ हजार ३११ जनामा गरिएको परीक्षणमा ती संक्रमित देखिएका हुन् ।

आज थपिएका मध्य उपत्यकामा १४३३ जना संक्रमित थपिएका छन् । जस मध्य काठमाण्डौमा १२९४, भक्तपुर ७७ र ललितपुरमा १६२ जना थपिएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ रहेको छ। संस्थागत आईसोलेसनमा ६ हजार २२२ जना रहेका छन् । होम आईसोलेसनमा २९ हजार १९७ जना रहेका छन् । क्वारीन्टीनमा एक हजार १४९ जना रहेका छन् ।

२४ घण्टामा कोरोनाका कारण २१ जनाले ज्यान गुमाएका छन् । हाल सम्म कोरोनोका कारण मृत्यु हुनेको संख्या ११ सय ८ जना पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ