सांसद प्रदीप यादवको पहलमा निजी स्कुलका बिद्यार्थीलाई लकडाउन अवधिको शुल्क मिनाहा गराउने सहमति

सांसद प्रदीप यादवको पहलमा निजी स्कुलका बिद्यार्थीलाई लकडाउन अवधिको शुल्क मिनाहा गराउने सहमति

  • आइतवार, कार्तिक २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.5K
    SHARES

कार्तिक २३ पर्सा । पर्सा क्षेत्र नं १ का संघीय सांसद प्रदीप यादवको पहलाम पर्साका निजी विद्यालयहरुले लकडाउन अवधिको शुल्क मिनाहा गर्ने सहमति जनाएका छन् ।
शनिबार सांसद यादवको उपस्थितिमा प्याव्सन र एन प्याव्सनका पदाधीकारीहरुबीचको बैठकले छिट्टै शुल्क मिनाहा गर्ने निर्णय गरेको छ ।
यसै गरी लकडाउनमा विद्यालयहरुमा भएको क्षति र दायित्वहरुका बारेमा पनि छलफल गरी निर्णय गर्ने माईन्युटमा उल्लेख गरिएको छ ।
लकडाउन अवधिमा पनि निजी विद्यालयले शुल्क मागिरहेर अभिभावकहरु हैरानीमा पर्ने गरेका छन् भने स्कुल सञ्चालकहरु पनि बैंकिङ रिण, शिक्षक कर्मचारीलाई तलव खुवाउन नसकेर समस्यामा परेका छन् ।
बैठकमा बोल्दै सांसद प्रदीप यादवले अहिले कोभिडले सबै क्षेत्र प्रभावित भएकाले मिलाएर सबै पक्षले सहकार्य गरेर समस्याको समाधान गर्नु जरुरी रहेको भन्दै विद्यालयहरुले बिद्यार्थीको शुल्क मिनाहा सम्बन्धि यथाशीघ्र निर्णय हुने आशा व्यक्त गरे ।
सांसद यादवले सरकारको लापरबाहीका कारण कोभिडले देशभर अस्तव्यस्तता सृजना भएको पनि बताए ।

 

No description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी