क्राईम टोलीका यादव र अन्सारीले गरे तस्करहरुबाट बरामद ७ वटा मोबाइल गायब !

क्राईम टोलीका यादव र अन्सारीले गरे तस्करहरुबाट बरामद ७ वटा मोबाइल गायब !

  • शुक्रबार, कार्तिक २१, २०७७
  • दिपक चौरसिया

  • 13.3K
    SHARES

पर्सा, २१ कात्तिक ।
जिल्ला प्रहरी कार्यालय पर्साले तस्करहरुबाट बरामद गरेको मोबाइल मध्ये केहि मोबाइल क्राईम टोलीको दुई जना प्रहरीले गायब गरेको घटना चर्चामा आएको छ । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम टोलीका हवाल्दार खुसिलाल यादव तथा जवान पियम्बर अन्सारीले बुधबार साँझ करिब ७ बजेको समयमा बीरगंज महानगरपालिका वडा नं. १६ नागवा स्थित बाबाहोटलको गेटबाट बिभिन्न कम्पनीका १६ थान किमति मोबाइलहरु बरामद गरेको थियो ।

बारा जिल्लाको नकटुवा बस्ने तीन जना महिला तस्करहरुबाट क्राइमको टोलीले १६ थान मोबाइल बरामद गरेकोमा जिल्ला प्रहरी कार्यालयमा ९ वटा मात्रै मोबाइल बरामद गरेको जाहेरी गरेकोले ७ वटा मोबाइल बाटोमै क्राईमका हवलदार यादव र जवान अन्सारीले गायब गरेको हुन सक्ने समचार स्रोतले दाबी गरेको छ ।

महिला तस्करहरुले आफुहरु सँग १६ वटा मोबाईल रहेको र क्राईमका टोलीले सबै मोबाईल बरामद गरी लगेको बताएकी छिन । आफुहरुले भारतको रक्सौलबाट पर्साको वीरगंज सम्म पु¥याए वापत मोबाईलको मुल्यको आधारमा प्रति मोबाईल ३/४ हजार पाउने गरेको महिला तस्करहरुले बताईन ।
भारतीय बिभिन्न कम्पनीका मोबाइलहरु १६ थान बरामद भएपनि पर्सा प्रहरीले उक्त मोबाइल हालसम्म सार्बजनिक नगरेको कारण पनि प्रहरी कार्यालय बाट नै मोबाइल गायब भएको टिका टिप्पणी हुन थालेको छ । साधारण ५० हजारको कुनै सामान पक्राउ गर्दा विज्ञप्ति सहित समाचार पठाउने जिल्ला प्रहरी कार्यालयले ३ लाख भन्दा बढिको मोबाइल बरामद गर्दा पनि सार्बजनिक नगर्नाले प्रहरी कार्यालयका उच्च पदस्तका कर्मचारीहरुकै मिलोमतो रहेको सहजै अनुमान गर्न सकिन्छ ।

यसबारे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरसँग बुझ्दा कुँवरले ९ वटा मोबाईल फेला परेको र पछि केही थान गरेर १२/१३ वटा होला भनेर गैरजिम्मेवारपूर्ण जवाफ दिने गरेका छन । यता पर्साकी प्रहरी उपरीक्षक गँगा पन्तसँग बुझ्दा उनले ९ वटा मोबाइल बरामद भएको बताईन । प्रहरीले १६ वटा मोबाइल बरामद भएको कुरा छ भनेर बुझ्दा बरामद गरेको टोलीले ९ वटा मोबाइल मात्रै बरामद गरेको भनेर जाहेरी गरेको हुनाले त्यति रहेको बताइन ।
शुक्रवार जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक गंगा पन्तसँग महिला तस्करहरुले बारम्बार सम्पर्क गर्दा उनी ९ वटा मात्र मोबाईल बरामद भएको र सो मोबाईलहरु कुनै पनि हालतमा नछोडने प्रतिक्रिया दिएको एक महिला तस्करले बताईन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ