काठमाण्डौ कार्तिक २० । सत्याग्रही डा. गोविन्द केसीले अनसन तोड्ने बेला आफूसगँ सरकारले गरेको सम्झौता कार्यन्वयन गर्न ध्यानाकर्षण गराउदै कार्यन्वयन नभए पुनः अनसन बस्ने चेतावनी दिएका छन् ।
आज पत्रकार सम्मेलन गरी डा. केसीले कानुन निर्माणदेखि मेडिकल कलेज निर्माणसम्मका सम्झौता कार्यन्वयन गर्न माग गरे । आफूसँग भएका सम्झौता कार्यान्यन नभए निरन्तर लडिरहने अर्को अनशन बस्ने चेतावनी डा. केसीले दिए ।
२०८० सालसम्म प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज नखुलेमा चिकित्सा शिक्षा ऐन २०७५ ले गरेको व्यवस्थाविपरीत हुने डा. केसीको भनाइ छ ।
सरकारले ल्याएको ऐनले माफीयालाई मात्र फाईदा पुगेको डा. केसीको तर्क छ ।
सरकारले ८ बुदे सहमति गरे पछि केही दिन अघि डा. केसीले अनशन तोडेका थिए ।
उनले १९ औं पटक जुम्लाबाट अनशन शुरु गरे पनि पछि काठमाण्डौ ल्याईएको थियो ।