के अब सरकारले कोरोनाको परीक्षण र उपचार निशुल्क गर्ला ? सर्वोच्चले मुद्धा पुनरावलोकन गर्नु नपर्ने फैसला सुनायो

के अब सरकारले कोरोनाको परीक्षण र उपचार निशुल्क गर्ला ? सर्वोच्चले मुद्धा पुनरावलोकन गर्नु नपर्ने फैसला सुनायो

  • बिहिबार, कार्तिक २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.3K
    SHARES

कार्तिक २० काठमाडौँ । सर्वोच्च अदालतले कोरोना परीक्षण र उपचार निशुल्क गर्न नसक्ने भन्ने सरकारको निर्णय गलत ठहर गर्दै यस मुद्धामा पुनरावलोकन नगर्ने फैसला गरेको छ । यस अघि सर्वोच्च अदालतले संक्रमितको परीक्षण र उपचार निशुल्क गर्न आदेश दिएको थियो ।

सरकारले कोरोनाको परीक्षण र उपचार निशुल्क नगर्ने निर्णय गरे पछि सर्वोच्चले दिएको आदेश विुरुद्ध सरकारले पुनरावलोकनको लागि निवेदन दिएको थियो । कानुनी राज्य प्रणाली अनुसार सर्वोच्च अदालतको फैसला अन्तिम र बाध्यकारी हुने हुनाले सरकारले अब नैतिक हिशाबले कोरोनाको परीक्षण र उपचार निशुल्क गर्नु पर्ने छ ।
गत असोज १५ गतेको फैसला उल्ट्याउनुपर्ने भनी स्वास्थ्य मन्त्रालयले सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दर्ता गरेको थियो । न्यायाधीशहरु हरिकृष्ण कार्की, सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको इजलासले त्यो फैसला पुनरावलोकन गर्न नपर्ने आदेश जारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ