कार्तिक २० काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बिरुद्ध संसदीय दलमा अविस्वासको प्रस्ताव ल्याउने चलखेल भईरहेको दाबी गर्दै त्यसलाई सामना गरेर चकनाचुर पार्ने दाबी गरेका छन् । ओलीले कुनै पनि अविस्वास प्रस्तावलाई असफल पार्ने पनि दाबी गरे ।
आज बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले पार्टी भित्रैबाट अविस्वासको प्रस्तावको कुरा आएको दाबी गरे ।
आज दिउसो मात्रै पार्टी अध्यक्ष प्रचण्डले आफुहरुले राजीनामाको कुरा नगरेको भन्दै राजीनामा मागेको बिषयमा ओलीले गरेको चर्चाप्रति आपत्ति जनाए ।
प्रचण्ड र माधव नेपाल पक्षले संसदीय दलमा अविस्वासको प्रस्ताव ल्याउन सक्ने ओलीको आशंका छ । आज प्रचण्ड र माधव नेपालले कोटेस्वरमा कानुन व्यवशायीसगँ परामर्श गरेका आधारमा ओलीले आशंका गरेको अनुमान नेताहरुले गरेका छन् ।
यही आशंकामा ओलीले यस अघि वालुवाटारमा बोलाएर सांसदहरुलाई आफ्नो पक्षमा हस्ताक्षर अभियान नै चलाए पछि पार्टी भित्र विवादको रुप लिएको थियो । आजै प्रचण्ड र ओलीबीच भएको छलफलमा सहमति नभएको अवस्थामा ओलीको पछिल्लो अभिव्यक्तिले नेकपा थप संकट तर्फ अघि बढेको देखिएको छ ।