उपत्यकामा आज थपिए १३ सय ९८ संक्रमित

उपत्यकामा आज थपिए १३ सय ९८ संक्रमित

  • बिहिबार, कार्तिक २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

कार्तिक २० काठमाडौं । उपत्यकामा दिनहुँ कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३ सय ९८ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज थपिनेमा ६०१ महिला र ७९७ पुरुष रहेका छन् ।

यस्तै काठमाडौंमा १६ हजार ३३१, भक्तपुरमा १२ सय ४८ र ललितपुरमा २२ सय ७६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। हालसम्म कोरोनाबाट काठमाडौंमा २५९ ,भक्तपुरमा ६९ र ललितपुरमा ६५ जनाको मृत्यु भएको छ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ। हाल देशभर ३६ हजार ५१४ कोरोनाका सक्रिय संक्रमित छन्।

बिहीबार ३४ सय ३० जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ। आइसीयूमा ४२८ जनाको र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट १ हजार ५२ जनाको मृत्यु भएको छ। आज मात्रै कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ