नेपाली राष्ट्रिय फुटवल टोली मैत्रीपूर्ण खेलका लागि बंगलादेश प्रस्थान

नेपाली राष्ट्रिय फुटवल टोली मैत्रीपूर्ण खेलका लागि बंगलादेश प्रस्थान

  • बिहिबार, कार्तिक २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

कार्तिक २० काठमाण्डौं । कोरोना महामारीका कारण फुटवल गतिविधि ठप्प भएका बेला नेपाली राष्ट्रिय फुटवल टोली मैत्रीपूर्ण खेलका लागि बंगलादेश प्रस्थान गरेको छ । हिजो सार्वजनिक गरिएको राष्ट्रिय टोलीमा ८ नयाँ खेलाडीले टिममा स्थान बनाउन सफल भएका छन् । प्रभावशाली खेलाडी रोहित चन्दले चोटका कारण टिममा सामेल हुने अवसर गुमाएका छन् ।
नयाँ खेलाडीमा दिलेन लोक्ताम, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे, विकास खवास, एरिक विष्ट, दर्शन गुरुङ, दीप कार्की र छिरिङ गुरुङ पहिलो पटक सिनियर टोलीमा अटाएका हुन् ।

मैत्रीपूर्ण खेलका लागि बुधबार गरिएको सामान्य बिदाई कार्यक्रमपछि मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले एक साताको अभ्यासले खेलाडीको फिटनेसमा सुधार आएको बताए ।

नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रस्थान गर्नु अघि टोलीको कोरोना पीसीआर परीक्षण गरेको थियो । उक्त परीक्षणमा दुई खेलाडीमा कोरोना देखिए पछि को थियो । नेपाली टोलीले एक साता अभ्यास गरे पछि मैत्रीपूर्ण खेल खेल्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ