कोरोना सम्बन्धि सहयोग लिन र स्वास्थ्य सल्लाह घरमै बसेर लिन चाहनुहुन्छ ? डाक्टरहरु तैनाथ छन् यी नम्बरमा सम्पर्क गर्नुस्

कोरोना सम्बन्धि सहयोग लिन र स्वास्थ्य सल्लाह घरमै बसेर लिन चाहनुहुन्छ ? डाक्टरहरु तैनाथ छन् यी नम्बरमा सम्पर्क गर्नुस्

  • बुधबार, कार्तिक १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 21.2K
    SHARES

गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीका पहलमा कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचारका लागि नागरिक लक्षित चिकित्सकीय परामर्शका कार्यक्रम गरिने भएको छ । मुलुकको वर्तमान समस्याको गाम्भीर्यलाई मनन गरी सर्वमान्य नेता गणेशमान सिंहको १०६ औँ जन्मजयन्तीका अवसरमा काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा नागरिक लक्षित विभिन्न कार्यक्रम गरिन लागेको हो । उहाँले सबै निर्वाचित जनप्रतिनिधि तथा कांग्रेसका जिम्मेवार नेतालाई आआफ्ना क्षेत्रमा कोरोनाको संक्रमण नियन्त्रणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रहसमेत गर्नुभयो ।
नेता सिंहको जन्मजयन्तीको दिन अर्थात् यही कात्तिक २४ गतेदेखि कोरोनाबाट बच्ने उपायको जानकारीमूलक पम्पलेट, कपडाको मास्क र सिटामोल ट्याब्लेट घरघरमा उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो । यसैगरी कात्तिक २४ गतेदेखि नै चिकित्सकद्वारा फोनमार्फत कोरोनासम्बन्धी सल्लाह र सुझाव उपलब्ध गराउने उद्देश्यले टेलीसेन्टर सञ्चालन गरिने छ ।
सो सेवा बिहान, दिउँसो र राति गरी २४ सै घण्टा उपलब्ध हुनेछ । सो टेलिसेन्टरमा डा. रवीन्द्र पाण्डे (फोन नं. ९८४७३९४५२०) र डा भूपेन्द्र बस्नेत (फोन नं. ९८५१०५९४००) को पनि सहयोग रहने नेता जोशीले जानकारी दिनुभयो । कोरोना संक्रमण भएपछि अक्सिजनको मात्रा घट्दै जाने र यसले थप जटिलता ल्याउने भएकाले आवश्यक परेका तर आफैँ किन्न नसक्नेलाई अक्सिमिटर (पल्समिटर) उपलब्ध गराइने छ ।

यसरी अक्सिमिटर लिएकाहरुले काम सकिइसकेपछि अरु कुनै आवश्यक परेका घरमा दिएर वा जोसँग लिएको हो सोही व्यक्तिलाई फिर्ता गरी सहयोग गर्न पनि आग्रह गरिएको छ ।कोरोना संक्रमितमध्ये कसैको समस्या जटिल भएमा तत्काल १०२ मा फोन गरेर एम्बुलेन्स मगाई अस्पताल लैजान समन्वय गरिनेछ । नेता जोशीले स्वास्थ्य र सुरक्षाकर्मी तथा अग्रपंक्तिमा कार्यरतलाई जोखिम भत्ता उपलब्ध गराउन, श्वासप्रश्वाससम्बन्धी वार्डको तत्काल व्यवस्था गर्न र निःशुल्क पिसिआर परीक्षणको व्यवस्था तत्काल पुनर्बहाली गर्न सरकारसँग माग गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी