भारतीय सेनाध्यक्ष नरवणे काठमाडौं आइपुगे

भारतीय सेनाध्यक्ष नरवणे काठमाडौं आइपुगे

  • बुधबार, कार्तिक १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 23.4K
    SHARES

कार्तिक १९ काठमाण्डौं । नेपाल भ्रमणका लागि भारतीय स्थलसेना प्रमुख मनोजमुकुन्द नरवाणे काठमाण्डौं आईपुगेका छन् । भारतीय सेनाध्यक्ष नरवाणे भारतीय वायु सेनाको विशेष विमानुइन्डियन एयर फोर्स–३३ु मार्फत काठमाडौं ओर्लिएका हुन् । भारतीय सेनाध्यक्ष नरवाणेलाई नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालगायतका उच्चपदस्थ अधिकारीले स्वागत गरेका थिए ।

भ्रमणदलमा नरवणेकी श्रीमतीसहित चार सदस्य रहेका छन् । नरवाणेलाई भोली बिशेष समारोह गरी राष्ट्रपति विद्या देवी भण्डारीबाट मानार्थ नेपाली सेनाको सेनापतिको उपाधी दिईने छ । प्रधानसेनापति थापाले २०७५ पुस २९ मा नयाँदिल्लीमा भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा ग्रहण गरेका थिए ।
सन् १९५० देखि दुबै देशले एक अर्काका सैन्य प्रमुखको मानार्थ उपाधी दिने चलन शुरु भएको थियो ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री एवं रक्षा मन्त्री केपी शर्मा ओलीसगँ पनि नरवाणेले भेटघाट गर्नेछन् । नरवाणेको भ्रमणलाई लक्षित गरेर उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाईएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ