मुगुका जनताका लागि पठाइएकाे अनुदानको चामल भक्तपुर ल्याउने ढुवानीकर्ता पक्राउ

मुगुका जनताका लागि पठाइएकाे अनुदानको चामल भक्तपुर ल्याउने ढुवानीकर्ता पक्राउ

  • मङ्लबार, कार्तिक १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

सुर्खेत, १८ कार्तिक । कर्णालीको मुगु लैजानुपर्ने अनुदानको चामल भक्तपुरतर्फ लैजाने ढुवानीकर्ता वासुदेव शर्मालाई प्रहरीले पक्राउ गरेको छ । शर्मालाई मंगलबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र भट्टले जनाएका छन् ।
चामल भक्तपुर लैजाँदै गर्दा नियन्त्रणमा लिइएको थियो । लगत्तै बयानका लागि बोलाए पनि शर्मा प्रहरी कार्यालय गएका थिएनन् । उनको स्वास्थ्य परीक्षणपछि म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा लगिने एसपी भट्टले बताए ।

प्रहरीले कालोबजारी ऐनअन्तर्गत मुद्दा चलाउने गरी प्रक्रिया अघि बढाएको छ ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले फरार हुनुभन्दा प्रहरीमा गएर अनुसन्धानमा सहयोग गर्न सोमबार सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतमार्फत शर्मालाई खबर पठाएका थिए । सोहीअनुसार प्रहरी कार्यालय पुगेका शर्मालाई प्रहरीले नियन्त्रणमा राखेको हो ।

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको आपूर्तिकर्ता शर्मा ढुवानी सेवाका सञ्चालक शर्माले २ सय ५० क्विन्टल चामल भक्तपुर पठाउने क्रममा बिहीबार प्रहरीले सुब्बाकुनाबाट नियन्त्रणमा लिएको थियो । उनले उक्त चामल मुगुको कालैका लागि कम्पनीको गोदामबाट उठाएका थिए ।

शर्माले गोदामबाट १ हजार १ सय क्विन्टल चामल उठाएका थिए । मंगलबार ६० क्विन्टल अरुवा मोटो चामल कालै पुगे पनि ढुवानीकर्ताका प्रतिनिधि नहुँदा वितरण भने नरोकिएके कालै प्रहरी चौकीका असई नन्दबहादुर शाहीले बताए ।

सुर्खेतका एसपी भट्टका अनुसार शर्माको वीरेन्द्रनगरस्थित गोदाममा करिब २ सय बोरा (६० क्विन्टल) चामल रहेको छ । बाँकी (करिब ७ सय ३० क्विन्टल) चामल कहाँ बिक्री भयो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ