कर्मचारी सञ्चयकोषको कर्जा माछापुच्छ्रे बैंकबाट तिर्न सकिने

कर्मचारी सञ्चयकोषको कर्जा माछापुच्छ्रे बैंकबाट तिर्न सकिने

  • सोमवार, कार्तिक १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

कार्तिक १७ काठमाण्डौं । कर्मचारी सञ्चयकोषबाट लिइएको ऋणको सावा तथा व्याज माछापुच्छ्रे बैंकको कुनै पनि शाखाको काउन्टरबाटसहजै भुक्तानगर्न सकिने भएको छ ।
कर्मचारी सञ्चयकोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरूलाई साँवा र ब्याजसहितको किस्ता रकम भुक्तानी गर्ने सेवा प्रदान गर्नेे माछापुच्छ्रे बैंक पहिलो बैंक बनेको छ । यस व्यवस्थाले कर्मचारी सञ्चयकोषका ऋणीहरुलाई कर्जा भुक्तानी गर्न कर्मचारी सञ्चयकोष धाउने झन्झट हटेको छ ।
यस अघि माछापुच्छ्रे बैंक लि. र कर्मचारी सञ्चयकोषबिच कर्मचारी सञ्चयकोषका ऋणीहरुले लिएको ऋणको सावा तथा व्याज कनेक्ट आइपिएस मार्फत भुक्तानगर्न सक्ने गरि सहमति भएको थियो । सो अनुरुप बैंक नपुगिकन विद्युतीय माध्यमबाटै किस्ता रकम सजिलै भुक्तानीगर्न सकिने बैंकले जनाएको छ ।
स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा विस्तार गर्दै गएको माछापुच्छ्रे बैंक आफ्ना १६० वटा शाखाहरु, १३३ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जालतथा १९८ वटा एटीएमहरु मार्फत अत्याधुनिक सेवा दिदै आईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ