पूर्वराज्यमन्त्री रायसहित १० जना जुवा खालबाट पक्राउ

पूर्वराज्यमन्त्री रायसहित १० जना जुवा खालबाट पक्राउ

  • आइतवार, कार्तिक १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

काठमाडौं, १६ कार्तिक । प्रहरीले पूर्व राज्यमन्त्री खोभारी रायसहित १० जनालाई जुवा खालबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित १० जनालाई जुवा खालबाट पक्राउ गरेको काठमाडौं प्रहरीले जनाएको छ ।

जुवा खालबाट १ लाख ५३ हजार रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ । यस्तै ललितपुरबाट पनि गएराति १८ जना जुवाडे पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुको साथबाट ११ लाख ५५ हजार ५७५ नगद बरामद भएको प्रहरीले जनाएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका चाङ्गाथलीका शंकर बस्नेतको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

यता, दाङको घोराहीमा पनि पाँच जना जुवाडे साढे ३ लाख रकमसहित पक्राउ परेका छन् । पक्राउ परेकाहरुको ठेगाना नखुलेको प्रहरीले जानकारी गराएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ