करातेमा निता र सोनिमलाई स्वर्ण

करातेमा निता र सोनिमलाई स्वर्ण

  • शनिबार, कार्तिक १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 24.5K
    SHARES

काठमाडाैं, १५ कार्तिक ।
भर्चुअल कराते वल्र्ड च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण पदक जितेको छ । नेपालका लागि नीता आचार्य र सोनिम मानन्धरले स्वर्ण जित्न सफल भएका हुन् । नेपालले उक्त प्रतियोगितामा एक रजत तथा सात कास्य पदक प्राप्त गरेको छ ।

नेशनल कराते अफ ब्राजिलको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको अनलाइन काता च्याम्पियनसिपमा १३ वर्षदेखि २१ वर्षसम्मको समूहमा आचार्यले २४ दशमलव ७० अंक प्राप्त गर्दै स्वर्ण जित्नुभएको हो । उहाँले ब्राजिलकी क्यारोलिन एजोभेदोलाई पराजित गर्नुभएको प्रशिक्षक रवीन्द्र मानन्धरले जानकारी दिनुभयो । इन्डोनेसिया र भारतका खेलाडी तेस्रो भए ।

यस्तै पुरुषतर्फको सोही स्पर्धामा नेपालका मानन्धरले २४ दशमलव ९६ अंक प्राप्त गर्दै स्वर्ण जित्नुभयो । उहाँले भारतीय खेलाडी सायक कमाकरलाई पराजित गर्नुभएको हो । क्युबा र ब्राजिलका खेलाडी तेस्रो भए ।

यस्तै महिला १४ वर्षदेखि १५ वर्ष उमेर समूहमा नेपालका सञ्जु देसारले २५ दशमलव ३१ अंकका साथ रजत पदक प्राप्त गर्नुभयो । सो स्पर्धामा इन्डोनेसियाकी नविला सकिलालिनोमले २५ दशमलव ३५ अंकसहित स्वर्ण जित्नुभयो । रुस र ब्राजिलका खेलाडी तेस्रो भए ।
यसैगरी पुरुष आठदेखि नौ वर्ष उमेर समूहतर्फ सत्कार घर्ती मगरले कास्य पदक प्राप्त गर्नुभयो । सो स्पर्धामा भेनेजुएलाका खेलाडीले स्वर्ण तथा इन्डोनेसियाका खेलाडीले रजत प्राप्त गर्नुभयो । विभिन्न स्पर्धाका नेपालका दीपिका सापकोटा, अनुभा मङ्गर्ती, मिस्ली श्रेष्ठ, राजकुमार श्रेष्ठ र रवीन्द्र मानन्धरले कास्य पदक प्राप्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ