रात्रिकालीन खेल हेर्ने विराटनगरवासीको चाहना पूरा हुँदै

रात्रिकालीन खेल हेर्ने विराटनगरवासीको चाहना पूरा हुँदै

  • शुक्रबार, कार्तिक १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

मोरङ,१४ कात्तिक ।
विराटनगरवासीको रात्रिकालीन खेलकूद हेर्ने चाहना आगामी मङ्सीरदेखि पूरा हुने भएको छ । वर्षको नौ महिना प्रचण्ड गर्मी हुने यस क्षेत्रमा रात्रिमा खेलकूद हेर्ने नागरिकको इच्छा प्रदेश सरकारको सहयोगले पूरा गर्न लागेको हो ।
सरकारको लगानीबाट पहिलोपटक यस क्षेत्रमा उक्त फ्लड लाइट जडान गर्न लागिएको काठमाडौको दशरथ रङ्गशालापछि यो दोश्रो रहेको मानिन्छ । प्रदेश सरकारको रु पाँच करोडको लगानीमा फ्लड लाइट जडान गरिने भएको हो । विराटनगरको शहीद रङ्गशाला रात्रि खेलकूदका लागि आवश्यक पर्ने फ्लड लाइटका सम्पूर्ण सामग्री आज रङ्गशालाको मैदान आइपुगेको छ । जडान गर्ने कार्य आगामी मङ्सिर भित्रमा काम सम्पन्न हुनेछ ।


गत वर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभीबीच ३२ देखि ३५ मिटरसम्मको उचाइको हुने प्रत्येक फ्लड लाइट फ्रेममा १ हजार वाटको २७ वटा बत्ती जडान गर्नेगरी रु चार करोड २९ लाखमा ठेक्का सम्झौता भएको थियो ।

सामग्रीको अनुगमनपश्चात प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले बन्दाबन्दीका कारण निर्धारित मितिमा काम सम्पन्न हुन नसकेको बताउँदै अब ढिलाइ नहुने बताउनुभयो ।
ठेकेदार कम्पनीका प्रोपाइटर गणेश कार्कीले कोभिड १९ का कारण निर्माण सामग्री ल्याउन नसकेकाले जडानमा ढिलाइ भएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ