इन्स्पेक्टर योगेन्द्र तिमिल्सिना बागमती प्रदेशको उत्कृष्ट प्रहरी

इन्स्पेक्टर योगेन्द्र तिमिल्सिना बागमती प्रदेशको उत्कृष्ट प्रहरी

  • शुक्रबार, कार्तिक १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.2K
    SHARES

काठमाडौं, १४ कार्तिक । इलाका प्रहरी कार्यालय बनेपा काभ्रेमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) योगेन्द्र तिमिल्सिना बागमती प्रदेशको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालयले आफ्नो कार्यालय मातहत कार्यरत प्रहरी कर्मचारीको कार्यसम्पादनको आधारमा तिमिल्सिनालाई असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

बागमती प्रदेश प्रहरी कार्यालयले शान्ति सुरक्षा व्यवस्था कायम राखी विभिन्न अपराधीक घटनाहरूको सफल अनुसन्धानलगायत कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्ने कार्यमा प्रहरी जनशक्तिलाई प्रभावकारी रुपमा परिचालन गरी जिम्मेवारी निर्वाह गरेको आधारमा सर्वोत्कृष्ट घोषणा गरेको जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुदीप गिरीका अनुसार असोजमा विभिन्न मितिमा गरी ९ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा कैद भुक्तानको लागि पेश गरेको र डलर साट्ने बहानामा ठगी गर्ने समुह पक्राउ गरेकाले तिमिल्सिनालाई सर्वोत्कृष्ट घोषणा गरिएको हो ।
तिमिल्सिनाले आफ्नो इलाकाको शान्ति सुरक्षा व्यवस्था कायम राखी विभिन्न अपराधीक घटनाहरूको सफल अनुसन्धानलगायत कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्ने कार्यमा प्रहरी जनशक्तिलाई प्रभावकारी रुपमा परिचालन गरी जिम्मेवारी निर्वाह गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयले महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि २०७७ अनुसार छनोट समिति गठन गरेर हरेक महिना सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गर्न थालेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ