युरोपा लिग: आर्सनल र लेष्टर सिटी विजयी

युरोपा लिग: आर्सनल र लेष्टर सिटी विजयी

  • शुक्रबार, कार्तिक १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौं,१४ कार्तिक । इङ्गलिस क्लबहरु आर्सनल र लेष्टर सिटी विजयी हुँदा टोटनह्याम हट्सपर युरोपा लिग फुटबलमा पराजित भएको छ ।

बिहिवार राति भएको समुह ‘बि’ को खेलमा आर्सनलले आयरल्याण्डको फुटबल क्लब डुन्डाल्कलाई ३–० ले पराजित गर्यो

यसैगरी अर्को इंग्लीश क्लब लेष्टर सिटीले ग्रिसको एइके एथेन्सलाई उसैको मैदानमा २–१ ले हरायो।

गएराति टोटनह्याम हट्सपरलाई भने बेल्जीयमको रोयल एन्ट्रेपले १(० ले हरायो । युरोपा लिगकै अर्को खेलमा इटालीको एएस रोमालाई बुल्गेरियाको सोफियाले गोलरहित बराबरीमा रोक्यो ।

यसैगरी चेक रिपब्लिकको स्लाभिया प्रागले जर्मनीको बायर लिभरकुजेनलाई १–० ले हराउँदा पोर्चुगलको बेनिफिकाले बेल्जीयमको स्टाण्डर्ड लेइजलाई ३(० ले पराजित गर्‍यो ।

यसैगरी स्कटल्याण्डको रेन्जर्स, इटालीको नापोली र एसी मिलान, स्पेनको भियारियाल तथा जर्मनीको वुल्फवर्ग र होफेनहाइम पनि गएरातिका खेलहरुमा विजयी भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ