प्रदेश १ मा १३४ कोरोना सङ्क्रमित थपिए

प्रदेश १ मा १३४ कोरोना सङ्क्रमित थपिए

  • बिहिबार, कार्तिक १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

विराटनगर, १३ कात्तिक । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १३४ जना कोरोना सङ्क्रमित थपिएका छन् । सङ्क्रमितमा ६४ महिला र ७० जना पुरुष छन् । थपिएका सङ्क्रमितमा सुनसरीमा ५७, मोरङमा ४२ मध्ये विराटनगरमा ३२, झापामा ३१, तेह्रथुममा एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा हालसम्ममा कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार ३८४ पुगेको छ भने आज विभिन्न स्थानबाट ७० जना सहित हालसम्ममा १० हजार १७९ जना निको भएर घर फर्किएका छन् । पछिल्लो सो अवधिमा प्रदेशमा ४४२ जना सहित कूल एक लाख ५६ हजार ९८८ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ