आईपीएल टी ट्वान्टिः बैंगलोरलाई पराजित गर्दै मुम्बई प्ले अफ नजिक

आईपीएल टी ट्वान्टिः बैंगलोरलाई पराजित गर्दै मुम्बई प्ले अफ नजिक

  • बिहिबार, कार्तिक १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

एजेन्सी, १३ कार्तिक । रोयल च्यालेन्जर्स बैंगलोरलाई हराउदैँ साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटको प्ले अफ नजिक पुगेको छ ।

बुधवार राति भएको खेलमा बैंगलोरलाई ५ विकेटले पराजित गर्दै मुम्बई प्ले अफ नजिक पुगेको हो ।

आवुधाबीको शेख जायद क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ६५ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।

मुम्बईको जितमा सूर्यकुमार यादबले अविजित रहदै ७९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै इशान किसनले २५ रन जोड्दा क्विनटन डी ककले १८ रन जोडे ।

हार्दिक पाण्डय १७ रनमा आउट हुँदा कुर्नाल पाण्डयले १० रन बनाए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

बैंगलोरका लागि ओपनर देबदुत पडीकलले ७४ रनको अर्धशतकीय इनिङ्स खेले । ४ यस्तै जोस फिलिपले ३३ रन जोड्दा एबी डी भिलियर्सले १५ रन बनाए ।

गुर्किरात सिंहले अविजित १४ रन जोड्दा वासिङ्गटन सुन्दर १० रनमा अविजित रहे । कप्तान विराट कोहली ९ रनमा आउट भए ।

यस जितसँगै मुम्बईले बैंगलोरसँग अघिल्लो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । यस अघिको भेटमा बैंगलोरले मुम्बईलाई सुपर ओभरमा पराजित गरेको थियो ।

जितपछि मुम्बईले १२ खेलमा १६ अंक जोडेको छ । आठौं जित निकालेको मुम्बई शीर्ष स्थानमा यथावत रहेको छ । बैंगलोरले भने १२ खेलमा १४ अंक जोडेको छ । बैंगलोर दोस्रो स्थानमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ