९ कार्तिक, नवलपरासी । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका वडा नं ४ नर्सही ( उचम टाडी ) गाउँ स्थित रहेको हनुमान मन्दिरका पुजारीको आइतबार दुई बजे धारिलो हथियारले हत्या गरिएको छ ।
पुजारी सोही गाउँ बस्ने बर्ष ७५ का महगु केवट रहेका हुन् । पुजारीको घरेलु हतियार हसियाले हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ ।
मन्दिर देखि लगभग दुई किलोमिटर पश्चिम दिशामा रहेको एकान्त खाली ठाउँमा हत्या गरिएको हो । एक स्थानीयले टयाक्टर लिई खेत जोत्न गएको बेला पुजारीको हत्याको खबर स्थानीय प्रहरीलाई गरेका हुन् ।
अहिले पुजारीको के कारण हत्या भएको र हत्याराको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline