काेराेनाकाे त्रासले छेकेन दक्षीणकाली मन्दिरमा पुजा गर्न र पशु बलि दिन(तस्बिरसहित)

काेराेनाकाे त्रासले छेकेन दक्षीणकाली मन्दिरमा पुजा गर्न र पशु बलि दिन(तस्बिरसहित)

  • आइतवार, कार्तिक ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.8K
    SHARES

काठमाडाैं, ९ कार्तिक । काेराेना महामारीका कारण लामाे समय लकडाउन भाेगेका नेपालीहरूकाे घर घरमा दशैकाे राैनक देखिन थालेकेा छ । काेराेनाकाे भय छाडेर आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाएका छन् । पछिल्लाे समय पशु बलि दिन नहुने भन्दै बिराेध हुने गरेपनि मन्दिर तथा घरमा पशु बलि दिने क्रम राेकिएकाे छैन ।

यस्तै दृश्य आज  बिभिन्न मन्दीरहरूमा देखियाे । दक्षिणकाली मन्दिरमा पनि पूजा गर्ने र पशु बलि दिनेहरूकाे उपस्थिति रहेकेा थियाे । अघिल्ला बर्षहरूमा जस्ताे भिडभाड नभएपनि यसपटक पूजा तथा दर्शन गर्न जाने भक्तालु र पशुबलि दिइरहेकेा दृश्य देखियाे ।

दुइनदि होडकु र कोडकु नदीको दोभानमा ५६ हेक्टर क्षेत्रफ़लमा नागले ओढाइएको अवस्थामा स्थापित रहेको दक्षिणकाली मन्दिरमा दर्शन गरे चिताएकाे पुग्ने र पाप नास हुन्छ भन्ने जनविश्वास रहेकेा छ ।  नेपाल, भारत लगाएत बिभिन्न देशहरुवाट हिन्दु धर्मावलम्बीहरु यस मन्दिरमा आएर पुजाआजा गर्छन् ।

मत्स्य ,मास ,मदिरा ,मुद्रा ,मैथुन र पशुवलीलाइ पञ्चमकार तन्त्र योग पद्दतिको स्वछन्द प्रवृतिलाइ स्वीकार गरि स्थापित दक्षिणकालीलाइ शाह वंशीय राजाले समेत कुलदेवताका रुपमा लिएका थिए। अन्य योग शिद्धिले यौनलाइ दबाउन वा त्याग्ने मार्ग बताएको छ तर दक्षिणकाली तन्त्र योगले यौन तथा वलिकै माध्यमबाट समाधि सम्म पुग्नसक्ने मार्ग प्रशस्त गरेको छ। मातृसत्ताको जगत् स्वरूप दक्षिणकाली अष्टमात्रिका पिठ मध्ये एक हो। ने स ७६२ – ७९५ कालिन राजा प्रताप मल्ल ,गुरुनशिह भट्ट ,र मन्त्रि भिम मल्ल तिन्जन्नको सहमतिमा प्राचिन र विकशित दक्षिणकाली देवस्थल ने स९०५मा सरदार कालु पाण्डे , ने स ९१९ मा राजा गीर्वाणयुद्द बिरबिक्रम शाहलगाएत राजा तथा भादारले गुठि राखी ब्यबस्थित गराएका थिए।

आख्यान अनुशार हालको वग्रयोगिनी गोरखनाथ डाडामा दक्षिणकालीलगाएत अष्टमातृका गणको बसोबास थियो। उनि रातको सन्नाटामा आफ्ना गण सहित घुम्न जादा जो मानिस भेटिन्थ्यो खाइदिने गर्थ्यो। देवीले फ़र्पिङ्का धेरै मानिस खाईदिएपछि तान्तिक्को सहयताले देवीलाई नदीकिनारमा पुजा बलि दिने गरि विराजमान गराएको जनविस्वास छ। सुरुमा हाल दक्षिणकाली आमा रहेको डाडा माथि रहेको थियो। ने स ७७४मा राजा प्रताप मल्ल र उनका तान्तिक गुरु लम्ब्कर्ण भट्टले दुइनदिको दोभानमा स्थापना गराएको बताइन्छ।

दक्षिणकालीको डाँडामा रहेकाे मन्दिर पनि जङ्गलको बिचमा, डाँडाको टुप्पोमा गुफा भित्र राखिएकाले उक्त स्थलमा मानिसहरु नजाने र गएका मानिसहरु पनि पछिल्लो व्यक्ति नफर्कने भन्ने जनश्रुति पाईयो । त्यस पश्चात प्रताप मल्लले नै गुरु लम्वकर्ण भट्टलाई दक्षिणकालीलाई तान्त्रिक बिधिद्वारा निष्तेज गर्न लगाई हालको दक्षिणकाली माताको शिलामूनि घोप्टो पारी माथि पट्टी ठूलो शिलाले छोपी कालीको मुखाकृति बनाई अगाडि भैरव समेत राखी स्थापना गराईयो । त्यसपछि प्रताप मल्लले चामुण्डाको (दक्षिणकालीको) सेतो संहमरमरको मूर्ति बनाउन लगाएका थिए भन्ने मान्यता छ।

मूर्तिमा प्राण प्रतिष्ठा पछि निकै नै शक्तिशालि हुने तान्त्रिकहरुले बताए । त्यसपछि राजा प्रताप मल्लले आफ्नै दरवारको चोकमा रहेको एउटा कोठामा थुनि बाहिरवाट दुईवटा ठूल्ठूला सिंहहरु स्थापना गराई राखे । राजाले पुन कालो पथ्थरको मूर्ति बनाउन लगाई पूर्णवति गंगा र उद्धारवति गंगाको दोभानमा स्थापना गराएका थिए । त्यहाँ उनले अष्ट मात्रिका सहित पुजाआजा चडाउँदै आए । त्यस पछि बिस्तारै भक्तजनहरु पुजाआजा गर्न जाने क्रम बड्दै गएकाे छ ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ