कार्तिक ९ काठमाण्डौं । नेपालमा पछिल्लो समय ह्वात्तै कोरोना संक्रमित बढीरहेका बेला निको हुने क्रम पनि बढेको छ । आज पनि थपिएका संक्रमित भन्दा निको हुनेको संख्या बढी देखिएको छ ।
पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ३ सय ३६ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ८ हजार ३ सय ३४ जना पुगेको छ । यो भनेको कुल संक्रमितको ७०.६ प्रतिशत हो । कोरोनाबाट अहिले सम्म ८४७ जनाको ज्यान गईसकेको छ ।
यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित ४५ हजार ५ सय ७२ जना छन् भने ३ हजार ६४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline