दिन दहाडै सुन्धाराको मस्जिदमा डोजर लगाएर तोडफोड गराउने एक पक्राउ

दिन दहाडै सुन्धाराको मस्जिदमा डोजर लगाएर तोडफोड गराउने एक पक्राउ

  • शनिबार, कार्तिक ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 20K
    SHARES

कार्तिक ८ काठमाण्डौं । दिन दहाडै सुन्धारास्थित मुसफिर मदिनी मस्जिदमा आज एक समुहले डोजर लगाएर तोडफोड गरेको छ । शनिबार बिहान जुजुकाजी महर्जनको समूहले डोजर लगाएर मस्जिद अगाडिको भाग तोडफोड गरेको थियो । महर्जनलाई आजै प्रहरीले पक्राउ गरेको छ ।
करीब सय बर्ष पुरानो यो मस्जिद भत्काउन भूमाफियाहरुले पटक पटक धम्की दिने गरेको गुनासो मस्जिद व्यवस्थापन समितिले गर्दै आएको छ ।

मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले भूमाफियाले जग्गा हडप्न मस्जिद भत्काएको प्रतिकृया दिए । निर्माणाधीन धरहराको ठीक पछाडि ६ आना ३ दाम क्षेत्रफल सरकारी जमिन मस्जिदले भोगचलन गर्दै आएको थियो । सो मस्जिद खाली गराउन भूमाफियाका साथै वडा अध्यक्ष समेतको संलग्नतामा धम्की आउने गरेको गुनासो छ । मस्जिद २०७२ सालको भूकम्पले धरहरा ढल्दा क्षतिग्रस्त बनेको थियो ।
डोजर लगाएर भत्काइएको मस्जिद परिसर पुनः निर्माण सुरु गरिएको छ । मुस्लिम आयोगका अध्यक्ष अन्सारीले भत्काइएको मन्दिरको भागको पुनःनिर्माणको शिलान्यास आजै गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ