आजबाट नेपालमा क्लिन फिड लागू हुँदै, अधिकांश विदेशी च्यानल बन्द हुने

आजबाट नेपालमा क्लिन फिड लागू हुँदै, अधिकांश विदेशी च्यानल बन्द हुने

  • शुक्रबार, कार्तिक ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाण्डौ कार्तिक ७ । नेपालमा आजदेखि क्लिनफिड लागू हुने भएकोछ । जसका कारण करीब एक सय २० वटा बढी विदेशी त्यसमा पनि अधिकांश भारतीय च्यानलहरु बन्द हुने भएका छन् । क्लिनफिडका लागि सम्पूर्ण तयारी भईसकेको सञ्चारमन्त्री पार्वत गुरुगंले जानकारी दिएका छन् ।
क्लिनफिडमा नेपाली केवल सेवा प्रदायकहरुले शुल्क तिरेर विज्ञापन रहित रुपमा लिएका च्यानल बाहेककाहरु आजबाट बन्द हुने छन् । समाचार, खेलकुद जस्ता च्यानलहरु आजबाट प्रशारण नहुने भएको छ । उनीहरुले विज्ञापन रहित प्रशारणको तयारी गरीनसकेकाले ती बन्द हुनेछन् ।
नेपालमा हेरिने अधिकांश विदेशी च्यानलमा भारतीय च्यानलहरु रहेका छन् ।

गत वर्ष आएको विज्ञापन ऐनमा कार्तिक आठ गतेदेखि क्लिन फिड लागु हुने व्यवस्था गरिएको थियो। सोही व्यवस्था अनुसार शुक्रवारदेखि क्लिन फिड लागु हुने छ। शुक्रवारदेखि जम्मा ३२ वटा विदेशी च्यानल मात्रै प्रसारण हुने छ।
अधिकांश भारतीय च्यानलमा सोनी र जी टिभीका मात्रै हुनेछन् । उनीहरुले क्लिनफिडको तयारी गरीसकेका छन् । कतिपय विज्ञापन रहित च्यानल नेपाली केवल प्रशारकहरुले खरीद गरेको हुनाले उनीहरु बन्द हुने छैनन् । क्लिन फिड नदिने च्यानल आजबाट बन्द हुने केवल अप्रेटरहरुले बताएका छन् ।
नेपालमा एक सय वटा सशुल्क च्यानल र १२० वटा निःशुल्क च्यानल प्रसारण हुँदै आएका थिए।

क्लिन फिडमा भविष्यमा च्यानल थपिदै जाँदा शुल्क पनि उपभोक्ताले बढाउदै जानु पर्ने देखिएको छ ।
अहिले च्यानल घट्दा पनि मुल्य नघटाउने तयारी गरेका व्यवशायीले आउने दिनमा च्यानल थपिदै जाँदा शुल्क पनि बढाउदै जाने तयारी गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ