माछापुच्छ्रे बैंकको दशै अफर, डिजिटल दक्षिणा पठाउदा क्यास व्याक दिने

माछापुच्छ्रे बैंकको दशै अफर, डिजिटल दक्षिणा पठाउदा क्यास व्याक दिने

  • बिहिबार, कार्तिक ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

काठमाडौं, ६ कार्तिक ।
माछापुच्छ्रे बैकले नेपालीहरुको महान चाड विजयादशमीको उपलक्ष्यमा आफ्ना गाहकहरुका लागि नयाँ अफर ल्याएको छ ।
बैंकले माछापुच्छ्रे मोवाइल मनि मार्फत डिजिटल दक्षिणा पठाउने ग्राहकहरुलाई आकर्षक क्यास व्याक प्रदान गर्ने भएको छ ।
कोभिड १९ को जोखिम बढ्दै जादाँ नगद रहित कारोबारलाई जोड दिदै बैंकले दशैमा दिइने दक्षिणा डिजिटल माध्यमबाट दिन आग्रह गर्दै यसरी डिजिटल दक्षिणा दिने ग्राहकलाई अधिकतम रु.१०० रुपैया सम्म क्यास व्याक दिने भएको हो ।
विजयादशमीको दिनदेखि पूूर्णिमा सम्म माछापुच्छ्रे बैंकको मोवाइल बैंकिङ्गएप माछापुच्छ्रे मोवाइल मनि (M3) मार्फत जुुनसुुकै बैंकको खातामा दक्षिणा पठाउँदा ग्राहकहरुले उक्त क्यास व्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
क्यास व्याक प्राप्त गर्न ग्रांहकहरुले पैसा ट्रान्सफर गर्दा Promo Code मा Dakshina लेख्नुुपर्ने छ । उक्त क्यास व्याक पूूर्णिमा पछि ग्राहकहरुको खातामा सिधै जम्मा हुुनेछ । क्यास व्याक प्राप्त गर्न न्यूूनतम रु.२०० वा सो भन्दा वढिको दक्षिणा कारोबार गर्नुुपर्नेछ ।

माछापुच्छ्रे बैकले आफ्ना ग्राहकहरुलाई स्मार्ट सुुविधादिने उद्देश्यले विभिन्न समयमा विभिन्न अफरहरु संचालनमा ल्याएको छ । बैंकले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा डिजिटल दक्षिणाको साथमा बैंकको २०/२० अफर संचालन गरिरहेको छ । जसअन्तर्गत बैंकले कार्ड तथा क्युुआर कोडबाट गर्ने कारोबारमा ग्राहकलाई २० प्रतिशत सम्म क्यासव्याक प्रदान गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ