गैँडाको खागसहित राजेन्द्र रिजाल पक्राउ

गैँडाको खागसहित राजेन्द्र रिजाल पक्राउ

  • बिहिबार, कार्तिक ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौँ, ६ कात्तिक ।
प्रहरीले गैँडाको खागसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले संरक्षित वन्यजन्तु गैँडाको खाग कारोबारमा संलग्न रहेको अभियोगमा सुनसरीका ४९ वर्षीय राजेन्द्र रिजाललाई आज अपराह्न पक्राउ गरेको हो ।
रिजाललाई काठमाडौँ महानगरपालिका–६ चुच्चेपाटीस्थित पासाङल्हामु चोक नजीक गैँडाको खाग बोकेर हिँडिरहेका अवस्थामा पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अभियुक्तलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको प्रहरीले जनाएको छ ।
यस्तै प्रहरीले कस्तुरीको विनासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित शालिक चोकबाट काभ्रेपलाञ्चोकका ३९ वर्षीय पासाङ लामा र ३६ वर्षीय रामकुमार लामालाई आज अपराह्न पक्राउ गरेको हो । अभियुक्तसँग प्रहरीले एक थान कस्तुरीको विना र चार थान मोबाइल बरामद गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ