कैलालीमा सवारी दुर्घटना हुँदा २ को मृत्यु, ५ घाइते

कैलालीमा सवारी दुर्घटना हुँदा २ को मृत्यु, ५ घाइते

  • बिहिबार, कार्तिक ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

६ कात्तिक, धनगढी ।
कैलालीको चिसापानीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का रङप्रसाद न्यौपानेको मृत्यु भएको छ ।

सुप प्र ०१००८ प १६२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका न्यौपानेलाई उपचारका लागि लम्कीस्थित लाल रत्न अस्पताल लगिएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि टीकापुर लैजानेक्रममा गए राति उनको मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार लम्कीचुहा नगरपालिका १ कै ३९ वर्षीय जयप्रकाश न्यौपाने र ५० वर्षीय जन्मजय न्यौपाने घाइते भएका छन् ।

यसैगरी लम्कीचुहाकै ३५ वर्षीया भागरथी रेग्मीको से १ प ९५७ नम्बरको बसको ठक्करबाट मृत्यु भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ चमेलीपुरमा सुदूरपश्चिम प्रदेश ००१ ख २३०९ नम्बरको मोटरसाइकलमा सवार रेग्मीलाई सोही दिशातर्फ गइरहेको बसले ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका ९ प्रतापुरका राम बहादुर चौधरी घाइते भएका छन् । उनको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । यता कैलालीको धनगढीमा पनि बसको ठक्करबाट मोटरसाइकल चालक गम्भीरसहित दुई जना घाइते भएका छन् । आज बिहान से १ ख ६१४ नम्बरको बसले निर्माणाधीन मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डमा से ७ प ३१३५ को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक देवबहादुर घर्ती र पछाडि सवार पद्मा घर्ती घाइते भएका हुन् । चालकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ