कोरोना संक्रमितको परीक्षण र उपचार आफैले गर्नु पर्ने सरकारको निर्णयको बहिर्गमित जनमुक्ति सेनाको आपत्ति

कोरोना संक्रमितको परीक्षण र उपचार आफैले गर्नु पर्ने सरकारको निर्णयको बहिर्गमित जनमुक्ति सेनाको आपत्ति

  • बुधबार, कार्तिक ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.1K
    SHARES

कार्तिक ५ काठमाण्डौं । बहिर्गमित जनमुक्ति सेना नेपालले कोरोनाबाट संक्रमित नागरिकको उपचार र परीक्षण आफैले व्यवस्थापन गर्नु पर्ने भन्ने सरकारको निर्णयको बहिर्गमित जनमुक्ति सेना नेपालले बिरोध जनाएको छ ।
बहिर्गमित जनमुक्ति सेना नेपालका उपाध्यक्ष एवं प्रवक्ता राजन थापा सुवासले एक विज्ञप्ति जारी गरी सरकारको यो निर्णय जनताको स्वास्थ्यप्रतिको खेलवाड भएको भन्दै यो जनविरोधी निर्णय फिर्ता गर्न माग गरेका छन् ।
महामारी सम्बन्धी सरकारले पहिले गरेका गलत निर्णयहरु र त्यसको रोकथामका सन्दर्भमा गरिएको लाचारपनका कारण अहिले महामारीको सङ्क्रमण जनसमुदायसम्म फैलिएको छ । विज्ञप्तिमा भनिएको छ ।

कोरोनाबाट सङ्क्रमित भएका सम्पुर्ण नागरिक हरुको उपचार सरकार ले निसुल्क गर्नु पर्ने, प्रतिनिधि सभा का सांसद तथा प्रदेश र स्थानिय तहका जनप्रतिनिधि हरुलाई गैर कानुनी ढंगले दिएको दशै भत्ता फिर्ता गरी कोरोना कोषमा मा राख्नु पर्ने लगायतका माग पनि बहिर्गमित जनमुक्ति सेनाले राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ