नेपाल कम्युनिस्ट पार्टी दैलेखले आज दैलेखका आठविस नगरपालिकाको वडा नं १ सात्तला,वडा नं६ सिहासैन र ठाँटीकाँध गाउँपालिकाको वडानं६ तौलिपाटा आग्र ,वडानं ५ लामामेला वडानं १ नदाई ,शिराडी वडानं ५को गैरेगाउँ र गुराँस गाउँपालिको स्यालभैरीका जनसमुदायलाई सेनिटाईजर र मास्क वितरण गरेको छ।
विजया दशमी नजिकदै गर्दा जिल्ला वाहिर बाट गाउँतिर आवतजावत वढी हुने भएकाले कोभिड १९जोखिम हुनसक्ने र त्यसवाट जनतालाई वचाउनको लागि नेपाल कम्युनिस्ट पार्टी दैलेखको योजना र अखिल (क्रान्तिकारी)केन्द्रीय सदस्य प्रकाश तिरुवाको पहलमा भन्डै तिनलाख मुल्य वरावरको सेनिटाइजर मास्कको ब्यवस्था गरी जिल्लाका स्थानिय तहमा वितरण गरिएको हो।

गुराँस गाउँपालीकामा सेनिटाईजर र मास्क वितरणको जिम्मा जिल्ला सेक्रेटरी मादुरो ,आठविस नगरपालिकामा कमरेड सुद्रशन र प्रकाश र ठाँटीकाँध गाउँपालिकामा कमरेड शँकेत ,शरद र प्रतिक्षालाई दिईएको जानकारी नेपाल कम्युनिस्ट पार्टी दैलेखका ईन्चार्ज दिपेन्द्रले दिनु भयो।