पर्सा प्रहरीले बरामद गरेको सुन मेरो हो : सुशान्त सिन्हा

पर्सा प्रहरीले बरामद गरेको सुन मेरो हो : सुशान्त सिन्हा

  • मङ्लबार, कार्तिक ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

वीरगंज ४ कातिक । वीरगंज गत १ गते फेला परेको २२।५७६ ग्राम सुन काण्डमा नयाँ खुलाशा भएको छ । प्रहरीले वीरगंज महानगरपालिका–५,रेशमकोठीस्थित गणेश अपार्टमेन्टमा छापामारी सो परिमाणमा सुन बरामद गरेको हो । प्रहरीले सो सुन अशोक सिन्हाको रहेको बताए पनि सिन्हाका बेटा आज एक अडियो रेकर्ड गरेर सो सुन मेरो रहेको स्विकारेका छन् । त्यसमा मेरो बुवा, अथवा अन्य मेरो परिवारको कुनै पनि सदस्यको संलग्नता नरहेको बताएका छन् ।
भारत बिहार पुर्वी चम्पारणका अशोक सिंन्हाका छोरा सुशान्त सिन्हाले सुन आफनो रहेको दाबी गरेका छन । यस सुनमा कही कतै कुनै परिवारजनको संलग्नता नरहेको दबी गर्दै सुशान्त सिंन्हाका बुवा अशोक सिन्हा विगत दुई वर्ष देखि दिल्लीको मेदान्तामा उपचार गराई रहेको सो अडियो क्लिपमा बताईएको छ । प्रहरीले पक्राउ गरेको सुन काठमाण्डौंको सागर त्यागीबाट दुई वर्ष अगाडी खरिद गरेको शुसान्त सिन्हाको दावी रहेको छ । सुनको विषयमा परिवारजन कसैको संलग्नता नरहेको तथा यस मुद्दामा परिवारजनका नाम नमुछन उनले सञ्चार माध्यमलाई अनुरोध गरेका छन ।
अशोक सिन्हा १५ वर्ष अगाडी आफनो घर परिवारबाट अलग भई बस्दै आएका छन । यस सुन काण्डमा वीरगंज तथा काठमाण्डौका ठुला व्यतिmहरुको पनि संलग्नता रहेको उनको दाबी रहेको छ । सो सुन काण्डमा पर्सा प्रहरीले गम्भिरतापूर्वक अनुसन्धान गरिरहेको पर्सा प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ