सिद्धनाथ उदयदेव अनमोल आधुनिक क्रसर उद्योगद्वारा डोमेष्टिक २२ नेचुरल गिट्टी उत्पादन

सिद्धनाथ उदयदेव अनमोल आधुनिक क्रसर उद्योगद्वारा डोमेष्टिक २२ नेचुरल गिट्टी उत्पादन

  • मङ्लबार, कार्तिक ४, २०७७
  • डम्मर राज भट्ट

  • 14.8K
    SHARES

कञ्चनपुर, ३ कार्तिक।
सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा एक आधुनिक क्रसर उद्योगले डोमेष्टिक २२ नेचुरल गिट्टी उत्पादन शुरु गरेको छ ।
कन्चनपुर जिल्लाको मध्य भागमा रहेको बेदकोट नगरपालिका–९ सुन्दरपुरको सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगले चालु आर्थिक बर्षको भदौ महिनादेखि डोमेष्टिक २२ नेचुरल गिट्टी उत्पादन शुरु गरेको हो । सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगका संचालक तेज बहादुर चन्दले बजारको माग अनुरुप प्राकृतिक गिट्टी उत्पादन गरिरहेको बताए ।
उनका अनुसार महाकाली नदीबाट ल्याएको कच्चा पदार्थलाई विभिन्न मेसिनबाट प्रशोधन गरेर अन्तिममा निकालिएको वास्तविक गिट्टी नेचुरल हो । जसको साईज २२ एमएम हुन्छ । ठुला आयोजना, राष्ट्रिय राजमार्ग एव योजना विकास निर्माणको काममा लगाईने उनले बताए । ‘निर्माण व्यवसायीकै माग बमोजिम नेचुरल गिट्टी उत्पादन भईरहेको छ, ‘उनले भने, ‘यो निकै बलियो र भरपर्दो हुन्छ ।’ यस अघि यहाँका स्थानीयले दाङको भालुभाङबाट उक्त गिट्टी ल्याएर बिक्रि वितरण गर्दै आएका थिए । ‘पहिलो बाहिरबाट ल्याउनुपर्ने बाध्यता थियो, ‘उनले भने, ‘अहिले हामी नै उत्पादन गरिरहेका छौँ ।’
उक्त क्रसर उद्योग आधुनिक मेसिन ध्वनी र प्रदुषण रहित छ । उद्योग क्षेत्रको चारैतिर पर्खाल निर्माण गरिएको छ, भने हरेक मेसिनको ध्वनीका घर र धुलो व्यवस्थापनका लागि पानीको प्रयोग गरिएको छ । चारैतिर बृक्षारोपण समेत गरिएको छ । हरेक दिन ६ सय घनमिटर वालुवा, गिट्टी उत्पादन भईरहेको संचालक चन्दले बताए ।
‘तिव्र विकास निर्माणमा काम भईरहेका छन्, ‘संचालन चन्दले भने, ‘तर हामीसंग गुणस्तरिय नदीजन्य पदार्थ अभाव थियो ।’ कुनै पनि विकास निर्माण कार्यका लागि कञ्चनपुरका निर्माण व्यवसायी एव सरकारी निकायले कैलालीदेखि छानेको वालुवा , गिट्टी ल्याउनुपर्ने बाध्यता थियो । महाकाली लगायत अन्य नदीबाट ल्याउने नदीजन्य पदार्थपनि गुणस्तरिय हुँदैन्थ्यो । अब, कञ्चनपुरमै आधुनिक क्रसर उद्योग स्थापना भएपछि त्यो बाध्यता हट्ेको छ । ‘नदीबाट ल्याएको कच्र्चा पदार्थ सिधै मुख्य मेसिनका प्रशोधन गरिन्छ, ‘संचालन चन्दले भने, ‘सर्वप्रथम कच्चा पदार्थलाई राम्र्रोसंग पानीले पखालिन्छ , कच्चा पदार्थमा रहेको फोहोरबस्तु एकातिर फालिन्छ सहि पदार्थ प्रशोधन गर्दै विभिन्न बस्तु बनाईन्छ ।’
संचालक चन्दकले उद्योगले हाल विभिन्न १२ प्रकृतिका बस्तु उत्पादन गरिरहेको बताए । उनका अनुसार वालुवा ६ एमएम, जिरा ६ एमएम, डस्ट, १०, २० एमएम गिट्टी, १० , २० डाउन नेचुरल गिट्टी, कालोपत्रे सडकका लागि ४० डन गिट्टी, रेलवेय लाईनमा प्रयोग हुने ५३ ग्रिटको गिट्टी उत्पादन भईरहेका छन । उद्योगले विद्युतका पोल, ब्लक समेत उत्पादन गर्ने तयारी थालेको छ ।
उद्योग संचालन भएपछि निर्माण व्यवसायी,सरकारी कार्यालय एव निजी प्रयोजनका लागि माग भईरहेको बताउदै संचालक चन्दले माग अनुसार आपूर्ति गर्न समस्या भईरहेको बताए । ‘कञ्चनपुरकै यस्ता चार उद्योग भएपनि राम्रोसंग आपूर्ति गर्न सकिने अवस्था छैन, ‘संचालन चन्दले भने, ‘यो उद्योग संचालन भएसंगै केही राहत मात्रै पुग्छ ।’
गुणस्तरिय वालुवा, गिट्टी उत्पादन गर्ने सुदूरपश्चिम प्रदेशकै पहिलो र प्रदुषण सहित देशकै पहिलो क्रसर उद्योग भएको संचालन चन्दको दावि छ । ‘अरु ठाँउमा रहेका क्रसर उद्योगको ध्वनी, प्रदुषण व्यवस्थापन गरिएको हुँदैन, ‘उनले भने, ‘हामीले त्यो सबै पुरा व्यवस्थापनका साथ गरेका छौँ ।’ उद्योग संचालन भएका बेला बाहिर समेत आवाज नआउने भएपछि स्थानीय समेत हर्षित भएको उनले बताए
वालुवा, गिट्टीको अभावमा कतिपय योजना अलपत्र गर्ने गरेका थिए, अब त्यो समस्या हट्ने संचालक चन्दको दावि छ । ‘हामी चालु आर्थिक बर्षको अन्त्यतिर छौँ, ‘उनले भने, ‘यतीखेरै वस्तुको माग ह्वातै बढेको छ, कसरी दिनेहोला ।’
‘हाम्रो उदेश्य हामीले कमाउने मात्रै होईन, विकास निर्माण र रोजगारी पनि हो, ‘संचालक चन्दले भने, ‘यहाँका स्थानीयका टेक्टर, टिप्पर ट्रक भाडामा लिएका छौँ ।’
महाकाली नदीदेखि कच्चा पदार्थ ओर्सानका लागि स्थानीयका सवारी साधन प्रयोगमा ल्याईएको छ । उद्योगले हाल स्थानीय सहित १५० जनालाई रोजगारी दिएको छ । गाउँमा कतै सडक पुल पुलेसा बिग्रीए त्यहाँ मर्मतदेखि वालुवा, गिट्टी दिने संचालक चन्दले बताए । गाउँमा समेत समाजिक दायित्व निर्वाह गरिने बताए । कञ्चनपुरमा केही अस्थायी ९योजना प्रयोजनका लागि० र एक मात्रै क्रसर उद्योग थियो । निर्माण व्यवसायीले समयमै गुणस्तरिय वालुवा एव गिट्टी पाउनेभएपछि कञ्चनपुरको विकास निर्माणका कामपनि दिगो रहने अपेक्षा गरिएको छ । समग्र सुदूरपश्चिम प्रदेश लगायत कञ्चनपुरको विकास निर्माणका लागि क्रसर उद्योग संचालन आवश्यक रहेको स्थानीयले समेत महसुस गरेका छन् । उत्पादन भएको बस्तु सुप प्रदेश, कर्णली प्रदेश र ५ नम्बर प्रदेशका जिल्लाहरुमा खपत भईरहेको छ । उद्योगले समाजिक कार्य अन्र्तरगत कालोपत्रे सहित समाजिक कार्य समेत गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी