मोहना नदीमा तीन दिन पछि भेटियो गस्तीमा जाँदा हत्या गरिएका प्रहरी जवानको शब

मोहना नदीमा तीन दिन पछि भेटियो गस्तीमा जाँदा हत्या गरिएका प्रहरी जवानको शब

  • मङ्लबार, कार्तिक ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

कार्तिक ४ धनगढी । तस्करी नियन्त्रणका लागि कैलालीको सीमावर्ती क्षेत्रमा गस्तीमा गएका बेला हत्या गरिएका प्रहरी जवान राम बहादुर साउदको शब तीन दिन पछि आज मोहना नदीमा फेला परेको छ ।
असई गोविन्द विकको शव भेटिएको ठाउँ छेउ छाउनै उनको शब भेटिएको प्रहरीले बताएको छ ।
शनिबार राति गस्तीमा गएका असई विक र जवान साउदलाई घाँटी रेटेर हत्या गरिएको पाईएको छ । उनीहरु तस्करी नियन्त्रणका लागि मोटरसाईकल गस्तीमा गएका थिए ।
हत्याराहरुले प्रहरीको साथमा रहेको पेस्तोल पनि लगेको आशंका प्रहरीले गरेको छ । भारतीय सीमा बजारबाट हुने तस्करीमा संलग्नहरुले हत्या गरेको आशंका गरिएको छ ।
प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा ११ जना बढीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको छ ।
कैलालीमा हत्यारालाई कार्बाही गर्नु पर्ने लगायतका माग राखेर मृतकका आफन्त र जनताले प्रदर्शन गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ