नेप्से फेरी दोहोरो अंकले उकालो लाग्यो

नेप्से फेरी दोहोरो अंकले उकालो लाग्यो

  • सोमवार, कार्तिक ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । आइतबार ओरालो लागेको नेप्से आज १३.५८ बिन्दुले उकालो लागेर एक हजार ५७०.३८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.६२ ले वृद्धि भई ३१०.८९ मा पुगेको छ । नेप्सेले उकालोको यात्रा तय गरेपनि कारोबार रकम भने घटेको छ । कूल १८९ कम्पनीको ३३ लाख ५३ हजार २०१ कित्ता शेयर रु ९७ करोड ९० लाख ९४ हजार ४०३ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १२ उपसमूह मध्ये आज व्यापार उपसमूहको मात्रै शेयर ओरालो लागेको छ ।
व्यापार १.६९ ले घट्दा बैंकिङ ७.६७, होटल १४.१६, विकास बैंक ३०.४३, जलविद्युत् ४३.८६, वित्त १६.२६, निर्जीबन बीमा ९९.५२, उत्पादन ७.१७, अन्य ७.६, लघुवित्त १०.६४, जीवन बीमा ५०.५९ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले वृद्धि भएको छ । कारोबारका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु चार करोड दुई लाख ५३ हजार ८९१ बराबरको कारोबार भयो । यस्तै अरुण काबेली पावर रु तीन करोड ५२ लाख ९१ हजार ४१५, एनसिसी बैंक रु तीन करोड ५० लाख ५६ हजार ५०६, नागरिक लगानी कोष रु तीन करोड नौ लाख ८१ हजार १९३, शिखर इन्स्योरेन्स रु दुई करोड ९३ लाख ५१ हजार १९३ र सिटिजन बैंकको रु दुई करोड ७४ लाख ५८ हजार ८६७ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
कारोबारका आधारमा जनरल इन्स्योरेन्स ९.९०, युनियन हाइड्रोपावर ९.८२, घलेम्दी हाइड्रो ९.७३, अपि पावर ९.६३, दिव्यश्वरी हाइड्रोपावर ९.०१, बरुण हाइड्रोपावरका लगानीकर्ताले ८.७२ प्रतिशतले कमाए । त्यस्तै, गणपति माइक्रोफाइनान्स १.९१, एनसिसी बैंकको संस्थापक शेयर १.७२, नेपाल सेवा लघुवित्त १.६४, सिभिल लघुवित्त वित्तीय संस्था १.४३ र कुमारी बैंकको ऋणपत्रका लगानीकर्ताले १.४३ प्रतिशतले गुमाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ