कार्तिक ३ काठमाण्डौं । देशकै सबै भन्दा बढी जनघनत्व रहेको उपत्यकामा दिन दिनै कोरोना संक्रमण चरम अवस्थातिर जान थालेको छ । आज मात्रै उपत्यकामा थप २ हजार ३ सय ८८ जना संक्रमित थपिएका छन् । आज काठमाडौँमा २ हजार ८ जना, ललितपुरमा २ सय ८१ जना र भक्तपुरमा ९९ जना कोरोना संक्रमित थपिएको जनाएका छन् ।
देशभर संक्रमित मध्य उपत्यकामा मात्रै ६० प्रतिशत भन्दा बढी रहेका छन् । बाक्लो भीड, थुप्रो संख्यामा रहेका कार्यलयहरु जस्ता ठाँउहरुमा संक्रमण बढेका छन् ।
उपत्यकामै संक्रमितले उपचार पाउन समेत मुस्किल पर्न थालेको छ । सरकारी अस्पतालमा रहेका सीमित आइसोलेसन भरीभराउ छन् । धेरै मात्रामा संक्रमितहरु घरमै बस्न बाध्य छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline