लोकसेवा आयोगद्धारा सबै खालका परीक्षा अनिश्चित कालका लागि स्थगित

लोकसेवा आयोगद्धारा सबै खालका परीक्षा अनिश्चित कालका लागि स्थगित

  • सोमवार, कार्तिक ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

कार्तिक ३ काठमाडौँ । लोकसेवा आयोगले कार्तिक १६ गतेदेखि सञ्चालन गर्ने भनिएको सबै परीक्षा स्थगित गर्ने सूचना जारी गरेको छ ।

आयोगको आज बसेको बैठकले अर्को सूचना प्रकाशन नभएसम्म पूर्व निर्धारित निजामती सेवा, सुरक्षा निकाय र संगठिततर्फका लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
आयोग भित्रै पनि कोरोना संक्रमण फैलिएका कारण र सर्बोच्च अदादतले हालै जारी गरेको आदेशका कारण पनि परिक्षा स्थगित गर्ने निर्णय भएको हो ।
यो तालिकाको अनिश्चितताले लोकसेवाले हालै खोलेको संयौ कर्मचारीका लागि विज्ञापन पनि प्रभावित हुने देखिएको छ ।
आयोगले जनशक्ति व्यवस्थापन एवं परीक्षाका उम्मेद्धारहरुमा देखिएको भयका कारण परीक्षा रोक्नु परेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ