आइपीएलमा पञ्जावको रोमाञ्चक जीत, कोलकता पनि विजयी

आइपीएलमा पञ्जावको रोमाञ्चक जीत, कोलकता पनि विजयी

  • सोमवार, कार्तिक ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं कार्तिक ३। इन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गरेको छ ।

यो जितसँगै कोलकाताले प्लेअफको सम्भावना बलियो बनाएको छ । आबुधावीस्थित शेख जायद क्रिकेट मैदानमा गएराति टस हारेर ब्याटिङ थालेको कोलकाताले निर्धारीत २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ६३ रन बनायो । जवाफमा हैदारावादले २० ओभरमा ६ विकेट गुमाउँदै समान रन बनाएपछि खेल टाई भएको थियो ।

सुपर ओभरमा लोकी फर्गुसनको उत्कृष्ट बलिङका कारण कोलकाताले मात्र तीन रनको लक्ष्य पाएको थियो । जसलाई कोलकाताले तीन बलमा सहजै पूरा गर्यो । यो जितपछि कोलकाताले नौ खेलमा १० अंक बनाएको छ भने हैदरावादको ६ अंक छ ।

जारी प्रतियोगितामा हैदरावादको छैटौ हार हो भने कोलकाताको पाँचौ जित हो । यस्तै गएराति नै भएको अर्को खेलमा किंग्स ११ पञ्जावले सुपर ओभरमा तेस्रो जित निकालेको छ ।

जितसँग पञ्जावले प्लेअफको सम्भावना कायमै राखेको छ । जारी आईपीएलमा मुम्बईको तेस्रो हार हो । टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनायो ।

मुम्बईको सुरुवात भने राम्रो हुन सकेन । ओपनिङ आएका कप्तान रोहित शर्मा व्यक्तिगत ९ रन बनाएर आउट भए । रोहित शर्मा आउट हुँदा मुम्बईको स्कोर २३–१ रहेको थियो । जवाफमा पञ्जावले २० ओभरमा ६ विकेट गुमाउँदा एक सय ७६ रन नै बनाएपछि खेल बराबरी भएको थियो ।

यो जितपछि पञ्जावको ६ अंक भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ