नेप्सेमा साढे पाँच अङ्कको गिरावट

नेप्सेमा साढे पाँच अङ्कको गिरावट

  • आइतवार, कार्तिक २, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । साताको पहिलो दिन आज कारोबार मापक नेप्से ५.६६ विन्दुले घटेर एक हजार ५५६.८० मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.८१ विन्दुले घटेर ३०८.२७ मा पुगेको छ । कूल १८७ कम्पनीको ४३ लाख ५२ हजार १० कित्ता शेयर रु एक अर्ब २५ करोड २७ लाख ४८ हजार १८१ मूल्यमा खरिद बिक्री भए ।

स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये दुई उपसमूहको शेयर उकालो लागेको छ भने १० उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार १३.२ र निर्जीवन बीमा ३१.५८ विन्दुले बढेको छ । यस्तै, बैंकिङ ६.०२, होटल १.८२, विकास बैंक २९.१९, जलविद्युत् ५.०६, वित्त १.६, उत्पादन १४.४२, अन्य १.५४, लघुवित्त ११.२३, जीवन बीमा १८.९८ र सामूहिक लगानी कोष ०.०४ विन्दुले घटेको छ । कारोबारका आधारमा आज हिमालयन बैंकको संस्थापक शेयरको कारोबार शीर्ष स्थानमा रहे । सो बैंकको रु २४ करोड ४५ लाख ५१ हजार ६०० बराबरको कारोबार भएको छ ।
यस्तै, पुनर्बीमा कम्पनी रु चार करोड ७६ लाख ५२ लाख ७९७, आइसिएफसी फाइनान्स रु तीन करोड ९५ लाख ३९ हजार ४६८, नागरिक लगानी कोष रु तीन करोड ९५ लाख २६ हजार ९४५, नेपाल बैंक लिमिटेड रु तीन करोड ५२ लाख ५० हजार ४३ र अरुण भ्याली हाइड्रोपावर रु तीन करोड ४० लाख चार हजार ९३० बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ । यस्तै, कारोबारका आधारमा जनरल इन्सुरेन्स ९.८७, आइसिएफसी फाइनान्स ५.२६, नेपाल ल्युब आयल ४.७४, गुराँस लघुवित्त वित्तीय संस्था ४.१६, प्रोगेसिभ फाइनान्स ३.९१ र हिमालय बैंकको संस्थापक शेयरधनीले ३.४५ प्रतिशतले कमाए ।

त्यस्तै, रैराङ हाइड्रोपावर ७.५४, नेपाल फाइनान्स ६.२९, अरुण भ्याली हाइड्रोपावर ५.१७, घलेम्दी हाइड्रो ४.२४, समृद्धि फाइनान्स ३.५७ गुह्यश्वरी फाइनान्स ३.४३, बरुण हाइड्रोपावरका लगानीकर्ताले ३.३७ प्रतिशतले गुमाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ