कार्तिक २ काठमाण्डौं । आज काठमाण्डौं उपत्यकामा १६९८ जना संक्रमित थपिएका छन् । जस अनुसार काठमाण्डौमा १४६९, भक्तपुर ९९ र ललितपुरमा १३० जना रहेका छन् । राजधानीमा कोरोना संक्रमित मध्य आधा भन्दा बढी रहेका छन् । बाक्लो जनघनत्व रहेको उपत्यकामा पछिल्लो समय ठूलो संख्यामा संक्रमित थपिदै गएका छन् ।
नेपालमा आज २९ सय ४२ जना संक्रमित थपिएका छन् । १४८७५ जनामा गरिएको परीक्षणका क्रममा ती संक्रमित फेला परेका हुन् ।
यो सगैँ देशभर संक्रमितको संख्या कुल एक लाख ३२ हजार २४६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ पुगेको छ । संस्थागत आईसोलेसनमा १२ हजार ९३१ जना रहेका छन् । होम आईसोलेसनमा २६ हजार ४०८ जना रहेका छन् ।
आज २३ सय २६ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिले सम्म डिस्चार्ज हुनेको संख्या ९२ हजार १६६ जना रहेको छ । कुल संक्रमितको ६९।८ प्रतिशतले अहिले सम्म कोरोना जीतेका छन् । क्वारेन्टीनमा ४ हजार ८३१ जना रहेका छन् ।