कार्तिक २ धनगढी । गस्तीमा गएका बेला भारत सीमा नजिकै वेपत्ता भएका नेपाल प्रहरीका असई गोविन्द विकको शब फेला परेको छ । उनीसगैँ मोटरसाईकलमा गस्तीमै गएका अर्का एक जवान वेपत्ता भएका छन् । धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिकको शव आज बिहान सीमा नाका मोहना नदीमा फेला परेको प्रहरीले जनाएको छ । शनिबार राति गस्तीमा गएका बिक र प्रहरी जवान रामबहादुर साउँद रातिदेखि सम्पर्क बिहीन भएका थिए ।
उनीहरु सवार मोटरसाइकल फेला परेको करिव ३ किलोमिटरको दूरमा रहेको मोहना नदीमा बिकको शव फेला परे पनि साउँद भने अहिलेसम्म बेपत्ता छन्। प्रहरी नायव महानिरीक्षक उत्तम सुवेदीसहितको टोली अहिले घटनास्थलमा पुगेको छ। यो घटनाको कारण बारे एकीन हुन नसके पनि तस्करहरुसगँ भीडन्त भएको हुन सक्ने आशंका गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline