अपडेटः स्कारपियो दुर्घटनामा मृतक सबैको पहिचान खुल्यो

अपडेटः स्कारपियो दुर्घटनामा मृतक सबैको पहिचान खुल्यो

  • आइतवार, कार्तिक २, २०७७
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

कात्तिक २ कटारी । उदयपुर कटारी नगरपालिका–१४ भदौरे स्थित सिद्धिचरण राजमार्गमा स्कारपियो दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगा मानेभञ्ज्याङ–९ माधवपुरका ४६ बर्षीय राम बहादुर सार्की, ४० बर्षीय खड्ग बहादुर सार्की, ३५ बर्षीया नरिमाया सार्की र २७ बर्षीय कर्मे भन्ने कर्ण बहादुर सार्की रहेका छन ।

यसै गरी उदयपुर कटारी नगरपालिका ८ शिरिसेका ३० बर्षीय महेश बहादुर बि.क. रहेका छन । भैरहवाबाट ओखलढुंगा तर्फ आउदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो आज विहानको राती १ बजे भदौरे स्थित सिद्धिचरण राजमार्गमा आई पुक्दा एक्कासी ब्रेक फेल भई सडकबाट अन्दाजी ९०० मिटर तल खसी दुर्घटना हुदा स्कारपियोमा सवार मध्ये ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

स्कारपियो चालक रुपन्देहीका २८ बर्षीय पवन खड्का, स्कारपियोमै सवार रहेका मानेभञ्ज्याङकै १८ बर्षीया कल्पना सार्की र ३१ बर्षीया कुमारी सार्की घाईते भएकोमा चालक खड्का र सवार कल्पना लाई थप उपचारको लागी बिराटनगर तर्फ पठाईएको र कुमारी सार्कीको कटारी अस्पतालमा उपचार भईरहेको उदयपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ