उदयपुरको कटारीमा मध्यराति स्कर्पीयो दुर्घटना हुँदा ५ जनाको मृत्यु

उदयपुरको कटारीमा मध्यराति स्कर्पीयो दुर्घटना हुँदा ५ जनाको मृत्यु

  • आइतवार, कार्तिक २, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

कार्तिक २ कटारी । उदयपुरको कटारी नगरपालिका–१४ भदौरे भीरमा गएराति १२ बजे ओखलढुगां जाँदै गरेको स्कारपिओ दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। अन्य तीन जना गंभीर घाईते रहेको प्रहरीले जनाएको छ ।
भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.२०.प.७१७१ नम्बरको सिद्दिचरण लोकमार्गमा दुर्घटना परेको थियो । मृत्यु हुनेमा ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्मी सार्की रहेका छन् भने बाँकी तीन जनाको पहिचान खुलिसकेको छैन ।
भारतबाट दशैँ मान्न घर आउने क्रममा भैरहवामा क्वारेन्टाईन बसेर स्कर्पीयो रिजर्भ गरेर घर जान उनीहरु आएको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ