असोज ३० काठमाण्डौं । बढ्दो कोरोना महामारी र नजिकिएको चाडपर्वका कारण शेयर धनीहरुलाई सहभागी हुन कठिन हुने स्थिति देखिए पछि माछापुच्छ्रे बैंकको कार्तिक ६ गते आयोजना गरिएको २२ औं साधारण सभा स्थगित भएको छ । कार्तिक ६ गते बिहिबार पोखराको होटल पोखरा ग्राण्ड पार्दी कास्कीमा गर्ने तय भएको थियो ।
असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको बैंकले जनाएको छ । साधारण सभा बस्न नसके पनि पछि साधारण सभाले नै अनुमोदन गर्ने गरी सञ्चालक समितिले यस अघि प्रस्ताव गरेको लाभांश भने वितरण गर्ने प्रस्ताव पनि बैंकले राष्ट्र बैंक समक्ष गर्ने पनि निर्णय भएको जनाएको छ ।
अन्तरीम नगद लाभांश अन्तर्गत कुल चुक्तापूजिको २.८५ प्रतिशतका दरले वितरण गर्ने प्रस्ताव सञ्चालक समितिको छ । कोरोना कहर र चाडपर्वका कारण परेको प्रभावलाई ध्यानमा राखेर गरिएको बैंकले जनाएको छ ।
बैंकले शेयरधनीलाई आर्थिक बर्ष २०७६-७७ को मुनाफाबाट रु.२८,५०,६४,७४४.०० (अर्थात चुक्तापूँजीको ३.३७प्रतिशतका दरले) नगदलाभांश (बोनस सेयर तथानगदलाभांशमालाग्ने कर सहित) र रु.५९,४६,१६,९३१.०० (अर्थात चुक्तापूँजीको ७.०३ प्रतिशत) बराबरको बोनस सेयर वार्षिक साधारण सभाबाट पारित गरी वितरण गर्ने प्रस्ताव गरेको थियो ।