विश्वकप छनौटकाको तयारीका लागि नेपालले बंगलादेशसगँ मैत्रीपूर्ण फुटवल खेल्ने

विश्वकप छनौटकाको तयारीका लागि नेपालले बंगलादेशसगँ मैत्रीपूर्ण फुटवल खेल्ने

  • शनिबार, कार्तिक १, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

कार्तिक १ काठमाडौँ । विश्व कप छनौटको तयारीका लागि नेपाली राष्ट्रिय फुटवल टोलीले बंगलादेशको राष्ट्रिय टोलीसगँ मैत्रीपूर्ण खेल खेल्ने भएको छ । राष्ट्रिय खेलकुद परिषदले नेपाली राष्ट्रिय टिमलाई बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्नका लागि शुक्रबार स्वीकृति दिएको छ ।
एन्फाका प्रवक्ता किरण राईका अनुसार नेपालले बंगलादेशसगँ दुई म्याच खेल्ने छ । यद्यपि, खेलको मिति र स्थान भने तय भईसकेको छैन ।
फिफाले अन्तर्राष्ट्रिय खेलका लागि नोभेम्बर ११ देखि १९ को अवधि तोकिदिएको छ र त्यही अवधिमा मैत्रीपूर्ण खेलका लागि बंगलादेश फुटबल महासंघले एन्फासँग प्रस्ताव गरेको छ ।
विश्वकप २०२२रएसियन कप २०२३ छनोटमा नेपालले १९ नोभेम्बर २०१९ मा घरेलु खेलको रुपमा थिम्पूमा कुवेतविरुद्ध प्रतिस्पर्धा गरेको थियो । त्यसमा खाडी मुलुकले १–० को जित हात पारेको थियो । प्रवक्ताका अनुसार नेपाली टिमसँग मैत्रीपूर्ण खेलका लागि मंगोलिया र डोमिनिकन रिपब्लिकले पनि प्रस्ताव गरेका थिए । ‘तर, ती दुई देशसाग खेल्नेबारे कुनै निर्णय गरिएको छैन,’ उनले भने ।

राष्ट्रिय टिमको प्रशिक्षण दसैंपछि सुरु गर्ने एन्फाले जनाएको छ । गत महिना एन्फाले प्रशिक्षणलाई खेलाडी बोलाएपनि विश्वकप छनोटका खेल फेरि स्थगित भएपछि खेलाडीलाई घर फर्काएको थियो ।

‘होम एन्ड अवे’का आधारमा भइरहेको विश्वकप छनोटमा नेपालले ५ खेल खेलेको छ । त्यसमा ४ हार र १ जित निकालेको छ । अब नेपालले जोर्डन, अस्ट्रेलिया र चाइनिज ताइपेईविरुद्ध ‘होम ग्राउन्ड’मा खेल्न बाँकी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ