असोज ३० काठमाण्डौं । दंशै आए पनि अर्थतन्त्रले खासै गति लिएको छैन । र तुलनात्मक रुपले मानिसहरु किनमेलका लागि त्यति धेरै संख्यामा लागेको समेत देखिदैन । यद्यपि, चाडपर्व भएकाले लकडाउनको तुलनामा अलि बाक्लै मानिसहरु बजारमा देखा परिरहेका छन् ।
तर बजारमा देखिएका यो कृयाकलापले सरकारलाई चकित बनाएको छ ? यस्तै धारणा राखेका छन् स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले । उनले विशेष अफरका नाममा राखिएका सामानहरु किन्न मानिसहरुको हुल देख्दा अचम्म मात्र नभई चिन्तित पनि रहेको गौतमले बताए ।
मास्क लगाउने र सामाजिक दुरी कायम नगर्दा लक्षण नदेखिए पनि संक्रमण सर्न सक्ने भन्दै उनले यस्तो चिन्ता जनाए ।
विषेश छुट राखेर भीड बढाएको प्रति उनले चिन्ता जनाए । कोरोना आफै आउदैन, हाम्रा आफन्त वा साथीभाईले नै लिएर आउने भएकाले दशैँ पनि एकाघरका परिवार मात्र बसेर मनाउन उनले अपील गरेका छन् ।
कोरोना संक्रमण नियन्त्रण गरी छिट्टै बालबालिकालाई खेल्न जाने, विद्यालय जाने वातावरण बनाउने स्थिति जनताकै हातमा रहेको उनले बताए ।
लामो लकडाउनले थला परेका व्यापारीहरु दंशैमा समेत पर्याप्त व्यापार नहुँदा चिन्तित रहेका छन् ।