सशस्त्र प्रहरी नवलपरासीद्वारा कोभिड–१९ सम्वन्धि जनचेतनामूलक कार्यक्रम

सशस्त्र प्रहरी नवलपरासीद्वारा कोभिड–१९ सम्वन्धि जनचेतनामूलक कार्यक्रम

  • शुक्रबार, अशोज ३०, २०७७
  • रबिन्द्र यादव

  • 7.5K
    SHARES

असोज ३० नवलपरासी । नवलपरासी पश्चिमको सशस्त्र प्रहरी नेपाल २६ नं गण बेलासपुरले कोभिड(१९ सम्बन्धित जनचेतनामूलक कार्यक्रमसंगै मास्क वितरण गरेको छ ।

कोभिडको बढ्दो जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल गण नं २६ गणले पाल्हिनन्दन गाउँपालिकाको बेलासपुर चोकमा सर्वसाधारण स्थानीयलाई कोभिडबाट बच्न अपनाउनुपर्ने सावधानीसंगै मास्क र पम्पलेट वितरण गरेको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर मणि पाठक , सशस्त्र प्रहरी बल नेपाल गण नं २६ बेलासपुरका गणपति महेश अधिकारी, पाल्हिनन्द गाउँपालिका अध्यक्ष दिपक गुप्ता ( बैजु ), राजनीतिक दलका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति थियो ।

उपस्थित जन समुदायलाई संबोधन गर्दै सशस्त्र प्रहरी बल नेपाल नं।२६ गण हे।क्वा। नवलपरासी पश्चिमका गणपति सशस्त्र प्रहरी उपरीक्षक महेश अधिकारीले निकट भविष्यमा समेत यस्ता जनचेतनामुलक कार्यक्रमहरु संचालन गरिदै जाने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ