स्कुटर जलाउने चार जनालाई मुद्धा दर्ता

स्कुटर जलाउने चार जनालाई मुद्धा दर्ता

  • शुक्रबार, अशोज ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 26.9K
    SHARES

असोज ३० तिलोत्तमा । लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा भएको आन्दोलनका क्रममा स्कुटर जलाउने चार जना विरुद्ध मुद्दा दर्ता भएको छ ।
तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु १ व २४७० नम्बरको स्कुटर जलाई (अपराधिक उपद्रव) गरेको भन्दै सन्दिप पाण्डेय लगायत ४ जनाविरुद्ध मुद्दा दायर गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुटवल उपमहानगरपालिका ११ का भेषराज पोख्रेल र रोशन थापा, तिलोत्तमा नगरपालिका २ का सन्दिप पाण्डेय र गुल्मीका सुरज क्षेत्रीविरुद्ध मुद्दा दायर भएको छ ।
राजधानी सार्ने विषयलाई लिएर असोज १६ गते भएको आन्दोलनका क्रममा नगरपालिकाको पुस्तक प्रकाशनको कामका लागि स्कुटर चढेर आएकी कर्मचारी शारदा भट्टराईलाई झारेर बुटवल ११, देवीनगर होराइजन चोकमा स्कुटर जलाइदिएका थिए । उनले डिकीबाट चाबी र झोला लुगा निकाल्छु भन्दा पनि नदिई आगो लगाएका थिए ।
त्यस्तै, असोज १९ गते रुपन्देहीको देवदह नगरपालिका ५ खैरेनीमा ड्युटीमा जाँदै गरेका महिला प्रहरी चढेको स्कुटर रोकी बिलबुक र लाइसेन्स माग्दै स्कुटर फुटाइदिने धम्की दिएका २ जनालाई पनि पक्राउ गरिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ