तेक्वान्दो खेलाडी विनोद थापाले एक घन्टामा २७५० किक हान्दै बनाए विश्व किर्तिमान

तेक्वान्दो खेलाडी विनोद थापाले एक घन्टामा २७५० किक हान्दै बनाए विश्व किर्तिमान

  • बिहिबार, अशोज २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.2K
    SHARES

धनगढी, असोज २९ । तेक्वान्दो खेलाडी विनोद थापाले मोष्ट मार्सल राउण्ड हाउस किक ईन वान आवर अर्थात एक घण्टामा एक खुट्टाले सवैभन्दा बढी किक हान्ने रेकर्ड बनाएका छन् । यो विधामा अहिलेसम्म कसैले पनि रेकर्ड बनाएका छैनन् । उनले एक घण्टामा एक खुट्टाले दुई हजार सात सय पचास पटक किक हानेर नया रेकर्ड बनाएका छन् । सुदुरपस्चिम प्रदेश तेक्वान्दो संघले धनगढीमा आज एक कार्यक्रमको आयोजना गरी यो रेकर्ड कायम गराएको हो । सो कार्यक्रम दिउँसो ठिक १२ः३० मा सुरु भई १३ः३० सम्म एक घण्टामा २७५० किक हानेर सो रेकर्ड बनाएका हुन् ।

धनगढी उप महानगरपालिकाका नगर प्रमुख नृप बहादुर ओडको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघका अध्यक्ष सुवाश शाहीको अध्यक्षतामा भएको थियो । सम्पन्न कार्यक्रममा विभिन्न मिडिया हाउसका पत्रकारहरु, कंचनपुर तेक्वान्दो संघका अध्यक्ष ज्ञानेन्द्र सिंह, सुदुरपस्चिम प्रदेश तेक्वान्दो संघका बरिष्ठ उपाध्यक्ष केशब भट्ट, उपाध्यक्ष सरोज चौधरी, सचिव श्रीराम चौधरी लगायत प्रदेश संघका पदाधिकारीहरुको समेत उपस्थिति भएको थियो । कार्यक्रम सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघका महासचिव पदम बिक्रम सिंहले संचालन गरेका थिए ।
अब अर्को रेकर्ड अक्टुबर २० का दिन मोष्ट मार्सल आर्टस किक ईन वान आवर युजिङ अल्टरनेटिभ लेग्स अर्थात एक घण्टामा दुबै खुट्टाको प्रयोग गरेर सवैभन्दा बढी किक हान्ने रेकर्ड बनाउँदै पुरानो रेकर्डलाई तोड्ने छन् । हाल यो रेकर्ड जापानका तेक्वान्दो खेलाडी मिजोकी कातोको नाममा रहेको छ । उनको नाममा एक घण्टामा तीन हजार ६ सय ३२ पटक किक हानेको विश्व रेकर्ड कायम भएको छ । त्यस पश्चात दुवै रेकर्डको डकुमेन्ट गिनिज बुक अफ वल्र्ड रेकर्डको कार्यालयमा पठाईने छ ।

धनगढीकी वर्षा साउँदलाई नेपाल ओपन काता च्याम्पियनशिपमा स्वर्ण पदक
धनगढीकी वर्षा साउँदले राष्ट्रव्यापी ‘नेपाल ओपन काता च्याम्पियनशिप’ मा स्वर्ण पदक प्राप्त गर्न सफल भएकी छिन । अनलाइन प्रतियोगितामा वर्षाले पदक प्राप्त गर्न सफल भएकी हुन । स्वर्ण पदक संगै बर्षाले दस हजार नगद पुरस्कार पनि प्राप्त गरेकी छिन ।

धनगढी कराते एकेडेमीकि कराते प्रशिक्षक रहेकी बर्षा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रव्यापी ‘नेपाल ओपन काता च्याम्पियनशिप’ सहभागी भएकी थिइन् । अनलाइन प्रतियोगितामा महिला तर्फको रजत पदक कर्णाली प्रदेशकी एलिसा रास्कोटी मगरले प्राप्त गर्दा पुरुष तर्फको स्वर्ण सशस्त्र प्रहरी बलका सुभाष घतानेले बागमती प्रदेशका रबिन्द्र मानन्धरलाई पराजित गर्दै जिते ।

यस प्रतियोगिताका निर्णायक आठौं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक बिजेता तथा १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपाली राष्ट्रिय कराते टोलीका प्रशिक्षक गंगाराम महर्जन र १३ औँ दक्षिण एसियाली खेलकुदका दोहरो स्वर्ण पदक बिजेता मण्डेकाजी श्रेष्ठ रहेका थिए ।

बिजेताहरुलाई प्रदान गरिने नगद पुरस्कारको प्रायोजन पुर्ब राष्ट्रिय कराते च्याम्पियन विजय तामाङ्गले गरेका थिए । काता र कुमिते दुवै स्पर्धामा सुदूरपश्चिम प्रदेशकी च्याम्पियन बर्षाले राष्ट्रिय खेलकुद परिषदद्वारा हालका बर्षहरुमा आयोजित सबै राष्ट्रिय प्रतियोगिताहरुमा पदक प्राप्त गरेकै छिन ।

उनले नेपालको प्रतिनिधित्व गर्दै बिभिन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगिताहरुमा समेत धेरै पदकहरु प्राप्त गरिसकेकी छिन जस मध्ये सन् २०१९ मा जापानमा आयोजित केयुकाई इन्टरनेशनल कराते च्याम्पियनशिपमा रजत पदक, जापानमै आयोजित कोफुकान इन्टरनेशनल कराते च्याम्पियनशिपमा कास्य पदक, दक्षिण एसियाली कराते महासंघले प्रत्येक २ बर्षमा आयोजना गर्ने दक्षिण एसियाली कराते प्रतियोगितामा कास्य पदक र काठमाडौँमा आयोजित प्रथम एपिएफ इन्टरनेशनल सोतो कराते च्याम्पियनशिपमा स्वर्ण पदक प्रमुख हुन् ।

बुवा बरिष्ठ अधिवक्ता राजेन्द्र बहादुर साउँदको प्रेरणा तथा प्रोत्साहनले करातेमा छुट्टै स्थान बनाउन सफल भएको बताउने वर्षा प्रारम्भ देखि नै कराते प्रशिक्षक ललित खत्रीसंग प्रशिक्षण प्राप्त गरिरहेकी छिन साथै कैलाली बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्यनरत पनि छिन ।

हाल करातेकी दोस्रो डान उनले धनगढी कराते एकेडेमको प्रशिक्षक र कोषाध्यक्षको जिम्मेवारी बहन गरेकी छिन भने नन्दिनाज एकेडेमीमा कराते प्रशिक्षकका रुपमा समेत कार्यरत छिन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ